चारतले भवनको जमीन धस्केर दुईजनाको मृत्यु
चारतले भवनको जमीन धस्केर दुईजनाको मृत्यु


नयाँ दिल्ली, 12 जुलाई (हि.स.)। उत्तर पूर्वी जिल्लाको वेलकम क्षेत्रमा शनिवार बिहान चारतले भवन भत्कियो। यस घटनापछि सम्पूर्ण क्षेत्रमा खैलाबैला मच्चियो। यो भवन जनता मजदूर कलोनीमा अवस्थित थियो।यस घटनामा दुईजना मानिसहरूको ज्यान गयो भने अवशेषमा पुरिएका अठजना मानिसहरूलाई सुरक्षित बाहिर निकालेर अस्पतालमा भर्ती गरियो।

पुलिस मुताविक दुई मृतकहरूको पहिचान मतलुब (50) र उनकी पत्नी राबिया (46)- को रूपमा भएको छ भने घाइतेहरूको पहिचान परवेज (32), नावेद (19), सिजा (21), दीपा, (56), गोविन्द (60), रवि कश्यप (27), ज्योति (27) र अहमद (14 महिना)-को रूपमा भएको छ। अहमदको काजीटीबी अस्पतालमा उपचार भइरहेको छ भने अन्यलाई जग प्रवेश अस्पतालमा भर्ती गरिएको छ।

अग्निशमन विभाग अनुसार शनिवार बिहान लगभग 7 बजे कन्ट्रोल रूमलाई सूचना प्राप्त भयो, जनता कलोनी गल्ली नम्बर पाँचमा एउटा भवन ढलेको छ। सूचना पाए लगत्तै पुलिस र अग्निशमन विभागका सातवटा वाहनहरूलाई घटनास्थलमा पठाइयो। भीड़ भएको कारणले पुलिसलाई बचाउ कार्यमा समस्याहरूको सामना गर्नुपऱ्यो। पछि निगम, आपदा प्रबन्धन, सिभिल डिफेन्स र क्याट्सका वाहनहरू पनि घटनास्थलमा पुगे।

शुरूमा भवनको मुनिबाट एकजना 14 महिने बालक सहित आठजना मानिसहरूलाई बाहिर निकालेर नजिकैको बाड़ा हिन्दूराव अस्पतालमा पठाइयो। अपरान्ह लगभग एक बजे पति-पत्नीलाई अवशेषहरूबाट बाहिर निकालेर नजिकैको अस्पतालमा लगियो जहाँ दुवैलाई मृत्य घोषित गरियो। प्रारम्भिक जाँचमा थाहा लागे अनुसार लगभग 35 गजमा फैलिएको यो भवन धेरै पुरानो थियो। अहिले पनि अवशेषहरभित्र धेरैजना मानिसहरू पुरिएको हुनसक्ने आशंका व्यक्त गरिएको छ। हाल घटनास्थलबाट जेसीबीले अवशेषहरूलाई हटाइरहेेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande