साहित्यकार सानु लामाको निधनः साहित्य परिषदद्वारा भानु जयन्तीको मूल कार्यक्रम स्थगित
साहित्यकार सानु लामाको निधनः साहित्य परिषदद्वारा भानु जयन्तीको मूल कार्यक्रम स्थगित


गान्तोक, 12 जुलाई (हि.स.)। नेपाली साहित्य परिषद सिक्किमले पद्मश्री पुरस्कारद्वारा सम्मानित वरिष्ठ साहित्यकार सानु लामाको निधनका कारण भोलि 13 जुलाईका दिन आयोजन गरिने 211औँ भानु जयन्ती समारोहलाई केवल भानु उद्यानको माल्यार्पण कार्यक्रमसम्म मात्र सीमित राखेको छ।

मनन केन्द्रमा सम्पन्न हुने भनिएको सम्मान कार्यक्रमलगायत अन्य जम्मै साँस्कृतिक एवम् साहित्यिक कार्यक्रमहरू स्थगित गरिएको छ। भानु जयन्तीमा प्रदान गरिने पुरस्कार र सम्मानका कार्यक्रमहरू आउँदो भाषा मान्यता दिवसमा गरिने परिषद्ले निर्णय लिएको हो।

गान्तोकको जीवन थिङ मार्गस्थित नेपाली साहित्य परिषद् भवनमा आज परिषद्का अध्यक्ष हरि ढुङ्गेलको अध्यक्षतामा बसेको भानु जयन्ती समारोह समितिको आकस्मिक बैठकले यस्तो निर्णय लिएको छ। बैठकमा नेपाली साहित्य परिषद्का पूर्व अध्यक्षसमेत रहेका पद्मश्रीद्वारा पुरस्कृत कथाकार एवम् गीतकार सानु लामाको निधनप्रति गहिरो शोक व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गरियोb निर्णय लिएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande