किशोरीको निजी फोटोहरू सोशल मीडियामा पोस्ट गर्ने धम्की दिने युवक पक्राउ
किशोरीको निजी फोटोहरू सोशल मीडियामा पोस्ट गर्ने धम्की दिने युवक पक्राउ


सिलगढ़ी, 12 जुलाई (हि.स.)। बिहेको वाचा गरेर किशोरीको निजी तस्वीरहरू सोशल मीडियामा पोस्ट गर्ने धम्की दिएर पैसा ठगेको आरोपमा खोरीबाड़ी थाना पुलिसले एक युवकलाई पक्राउ गरेको छ। पक्रा परेको युवकको नाम हिमादुल रहमान (30) हो। उ उत्तर दिनाजपुरको चोपड़ाको निवासी हो।

पुलिस सूत्रहरू अनुसार, चोपड़ाको एक युवकसित छह महिना पहिले सोशल मीडियाको माध्यमले किशोरीको परिचय भएको थियो। पहिले युवकले बिहेको वाचा गरी किशोरीसित सम्बन्ध बनायो। फेरि आरोपीले किशोरीको निजी तस्वीर सोशल मीडियामा भाइरल गरिदिने धम्की दियो। यस प्रकार आरोपीले किशोरीबाट मोटो रकम पनि लियो। पछि किशोरीले आफ्नो परिवारको मोबाइलमा आफ्नो तस्वीर देखिन्। यसपछि परिवारको तर्फबाट खोरीबाड़ी थानामा आरोपी विरूद्ध शिकायत दर्ता गराइयो। शिकायत पाइएपचि पुलिसले जाँच गऱ्यो र आरोपी युवकलाई शुक्रवार अबेर राति पक्राउ गऱ्यो। किशोरीले आरोपीको निम्ति कड़ा सजायको माग गरेकी छन्। खोरीबाड़ी थाना पुलिस अघिको कारबाहीमा जुटेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande