इम्फाल, 12 जुलाई (हि.स.)। मणिपुरका तीन जिल्लाहरूमा सुरक्षाबलहरूद्वारा चलाइएका तलाशी अभियानहरूमा अलग-अलग संगठनहरूका आठ उग्रवादीहरूलाई पक्राउ गरिएको छ। पुलिस अनुसार, यी सबै विभिन्न प्रतिबन्धित संगठनहरूसित जोड़िएका छन्।
पुलिसले शनिवार बतायो, इम्फाल वेस्ट जिल्लाको महाराबी क्षेत्रबाट प्रतिबन्धित संगठन प्रीपाक (वीसी-रेड आर्मी) को एक क्याडर पक्रा पऱ्यो।
यस बाहेक केसीपी (टी) संगठनसित जोड़िएका दुई उग्रवादी, एक इम्फाल वेस्टको फुमलौ ममांग लाइकै र दोस्रो इम्फाल ईस्टको केबी खुलेन गाउँबाट पक्रा परेको छ।
इम्फाल वेस्टका विभिन्न हिस्साहरूबाट केसीपी (पीडब्ल्यूजी) संगठनका तीन सक्रिय क्याडरहरूलाई पक्राउ गरियो।
यही क्रममा काकचिंग जिल्लाको उमाथेल क्षेत्रबाट सोरेपा संगठनका दुई सदस्यहरूलाई पनि सुरक्षाबलहरूले पक्राउ गरेको छ।
एक वरिष्ठ पुलिस अधिकारीले बताए, पक्रा परेका सबै उग्रवादीहरूसित सघन सोधपुछ जारी छ र यिनीहरूको नेटवर्कको पत्तो लगाउने प्रक्रिया चलिरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी