मेदिनीपुर, 12 जुलाई (हि.स.)। पश्चिम मेदिनीपुर जिल्ला अन्तर्गत बेलदाको रानी सराय क्षेेत्रस्थित राष्ट्रिय राजमार्ग 60-मा शनिवार बिहान भएको एक सड़क दुर्घटनामा चारजना मानिसहरूको मृत्यु भयो। यो दुर्घटना बिहान लगभग 6 बजे राष्ट्रिय राजमार्ग-60 को रानी सराय क्षेत्रमा भएको हो जतिबेला एउटा ट्रक र कार आपस्तमा ठोक्कियो।
पुलिस सूत्रबाट प्राप्त जानकारी अनुसार एउटा कार आसनसोलदएखि खड़गपुर हुँद दिघा तर्फ गइरहेको थियो। वाहनमा चालक लगायत चारजना मानिसहरू सवार थिए। प्रत्यक्षदर्शीहरूको भनाइ छ, द्रूत गतिमा गुड़िरहेको कारको चालकले अचानक नियन्त्रण गुमाएको कारणले कार विपरीत लेनमा पस्यो। त्यसै बेला विरपीरत दिशाबाट एउटा ट्रक आइरहेको थियो जोसित अनियन्त्रित कार ठोक्कियो।
दुर्घटना भयानक थियो जसले गर्दा कार पूर्ण रूपले क्षतिग्रस्त भयो। सूचना पाउनसाथ बेदला थानाको पुलिस घटनास्थलमा पुग्यो। ग्यास कटर प्रयोग गरी वाहनभित्र फसेका चारजना मानिसहरूलाई बाहिर निकालियो अनि तत्काल नजिकैको अस्पतालमा लगियो, तर डाक्टरहरूले चारैजनालाई मृत घोषित गरिदिए।
मृतकहरूको शवलाई पोस्टमर्टम गर्नको लागि खड़गपुर महकुमा अस्पतालमा पठाइएको छ भने दुर्घटनाग्रस्त दुवै वाहनहरूलाई जफ्त गरी थानामा लगिएको छ।
अहिलेसम्ममा मृतकहरूमध्ये एकजनाको पहिचान अतनु गुहाको रूपमा भएको छ जो आसनसोल निवासी थिए। पुलिसले अन्य मृतकहरूको पहिचान खोलाउने प्रयास गरिरहेको छ। प्राथमिक जाँचमा थाहा लागे अनुसार चारै मृतकहरू पश्चिम बर्दबान जिल्लाका आसनसोल निवासी थिए। ट्रकको पनि अघिल्लो भाग पूर्ण रूपले क्षतिग्रस्त भएको छ। ट्रक चालक र खलासी भने सुरक्षित छन्।
स्थानीय मानिसहरूको आरोप छ, यस राष्ट्रिय राजमार्गमा वाहनहरूको द्रूत गति अनि लापरवाहीले दुर्घटनाहरू बढ़िरहेको छ। पुलिसले मामिलाको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा