प्रधानमन्त्री मोदीले राज्यसभाका मनोनित सदस्यहरूलाई उनीहरूको उपलब्धिहरू उल्लेख गर्दै बधाई दिए
प्रधानमन्त्री मोदीले राज्यसभाका मनोनित सदस्यहरूलाई उनीहरूको उपलब्धिहरू उल्लेख गर्दै बधाई दिए


नयाँ दिल्ली, 13 जुलाई (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले राज्यसभामा मनोनित चार प्रतिष्ठित व्यक्तित्वहरूलाई बधाई दिँदै उनीहरूको उपलब्धि र योगदानमाथि प्रकाश पारेका छन्। यो जानकारी प्रधानमन्त्रीले आज आफ्नो आधिकारिक एक्स ह्यान्डलमा साझा गरेका छन्।

प्रधानमन्त्री मोदीले न्यायिक क्षेत्रमा अधिवक्ता उज्ज्वल निकमको समर्पण अनुकरणीय रहेको बताएका छन्। उनले भने, उहाँले धेरै महत्त्वपूर्ण मामिलाहरूमा अग्रणी भूमिका निर्वाह गर्नु भएको छ र संविधानको मूल्यमान्यतालाई सुदृढ पार्न काम गर्नुभएको छ। राष्ट्रपतिले निकमलाई राज्यसभामा मनोनित गरेकोमा उनले खुशी व्यक्त गरेका छन्।

प्रधानमन्त्रीले सी. सदानन्दन मास्टरको बारेमा उल्लेख गर्दै उनको जीवन साहस र अन्याय विरुद्धको लडाईको प्रतीक रहेको बताएका छन्। उनले शिक्षा र समाजसेवाको क्षेत्रमा उनको योगदानको कदर गर्दै युवा सशक्तिकरणप्रति उनी अत्यन्तै समर्पित रहेको बताएका छन्।

प्रधानमन्त्रीले हर्षवर्धन श्रृङ्गलालाई एक कुशल कूटनीतिज्ञ, विचारशील बौद्धिक र रणनीतिक विचारकको रूपमा वर्णन गरेका छन्। श्रृङ्गलाले भारतको विदेश नीतिलाई सुदृढ पार्न उल्लेखनीय योगदान दिएको बताउॅंदै जी20 को अध्यक्षताको समयमा उनको भूमिका महत्त्वपूर्ण रहेको उनले बताएका छन्।

प्रधानमन्त्रीले डा. मीनाक्षी जैनको प्रशंसा गर्दै उनले शिक्षा, साहित्य, इतिहास र राजनीति विज्ञानको क्षेत्रमा विशिष्ट काम गरेको बताएका छन्।

उल्लेखनीय छ, राष्ट्रपति द्रौपदी मुर्मूले उज्ज्वल देवराव निकम, सी. सदानन्दन मास्टर, हर्षवर्धन श्रृङ्गला र मीनाक्षी जैनलाई राज्यसभाको लागि मनोनीत गरेकी छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande