नयॉं दिल्ली, 13 जुलाई (हि.स.)। राष्ट्रपति द्रौपदी मुर्मूले राज्यसभाको लागि चार नयॉं सदस्यहरू उज्जवल देवराव निकम, सी. सदानन्दन मास्टे, हर्षवर्धन श्रृङ्गला र मीनाक्षी जैनलाई मनोनीत गरेकी छन्।
गृह मन्त्रालयद्वारा जारी अधिसूचना अनुसार, भारतको संविधानको अनुच्छेद 80 को उपधारा (1) को उपखण्ड (क) मा प्रदान गरिएका अधिकारहरूको प्रयोग गर्दै राष्ट्रपतिले मनोनीत सदस्यहरूको सेवानिवृत्तिपछि उत्पन्न रिक्त स्थानहरूको पूर्ति गर्न राज्यसभामा उज्जवल देवराव निकम, सी. सदानन्दन मास्टर, हर्षवर्धन श्रृङ्गला र डा. मीनाक्षी जैनलाई मनोनीत गरेका छन्।
मनोनीत सदस्यहरूमा उज्जवल देवराव निकम एक प्रसिद्ध अधिवक्ता हुन्, जसले मुम्बई आतङ्की हमलामा जिउॅंदै पक्रा परेका पाकिस्तानी आतङ्की अजमत कसाबलाई फॉंसीसम्म पुऱ्याउन महत्वपूर्ण भूमिका निभाएका थिए। यसैगरी, सी. सदानन्दन मास्टर केरलाका वरिष्ठ सामाजिक कार्यकर्ता एवं शिक्षाविद हुन्।
हर्षवर्धन श्रृङ्गला भारतका पूर्व विदेश सचिव हुन्। मीनाक्षी जैन प्रख्यात इतिहासकार एवं शिक्षाविद हुन्। उक्त मनोनयनहरू पूर्वमा मनोनीत सदस्यहरूको सेवानिवृत्तिका कारण रिक्त स्थानहरूलाई ध्यानमा राख्दै गरिएको हो।
हिन्दुस्थान समाचार / भवानी थामी