नयाँ दिल्ली, 14 जुलाई (हि.स.)। पश्चिमी जिल्लाको तिलक नगर क्षेत्रमा बितेको आइतवार राती आपस्तको झगड़ाले दुई मित्रको ज्यान लियो। पुलिस मुताविक दुवै युवक बी ब्लक, ख्यालाका निवासी थिए। यी दुईले एका-अर्कासित लामो समयदेखिकै परिचित थिए।
गए आइतवार राती लगभग 11 बजे दुवै नै तिलक नगरस्थित पार्कमा बसेका थिए। यस अवधि कुनै कुरालाई लिएर यिनीहरूमाझ भनाबैरी भयो। बहस बढ़्दै गएर कुटाकुटमा परिणत भयो। कुटाकुट हुँदा एका-अर्काले चक्कुले प्रहार गरे जसमा दुवै गम्भीर रूपमा घाइते भएको पुलिसले प्रारम्भिक अऩुमान व्यक्त गरेको छ।
घटनापछि वरपर उपस्थित मानिसहरूले दुवैलाई तुरून्त दीन दयाल उपाध्याय (डीडीयू) अस्पतालमा भर्ती गराए। अस्पतालबाट पुलिसलाई सूचना दिइयो कि बी ब्लकबाट दुईजना मानिसहरूलाई घाइते अवस्थामा अस्पतालमा ल्याइएको छ। पुलिस तुरून्त अस्पतालमा पुग्यो। पुलिस जाँचमा थाहा लाग्यो, दुवै घाइतेलाई भर्ती गरिएको छ। उनीहरूको अवस्था गम्भीर छ। अबेर राती उपचारको क्रममा दुवैको मृत्यु भयो। जाँचमा मृतकहरूको पहिचान आरिफ र सन्दीपको रूपमा भएको छ।
पश्चिमी जिल्लाका डीसीपी विचित्र वीर अनुसार पुलिसले कानूनी कारबाही शुरू गरेको छ। घटनाको गहन जाँच गरिँदैछ। पुलिस टीमले स्थानीय स्तरमा पनि जाँचबुझ शुरू गरेको छ जसबाट झगड़ाको असली कारण पत्तो लगाउन सकियोस्। साथै छिमेकी तथा प्रत्यक्षदर्शीहरूसित बातचित गरेर यो जानकारी जुटाइँदैछ, अखिर यी दुईबीच यस्तो के विवाद भएको थियो जुन दुवैको निम्ति ज्यानमारा साबित भयो। पुलिसको भनाइ छ, पोस्टमर्टम रिपोर्ट सहित अन्य प्रमाणको आधारमा अग्रिम कारबाही गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा