बिहारवासीहरूलाई नीतीश सरकारको भेट, पहिलो अगस्तदेखि 125 यूनिट बिजुली निःशुल्क
बिहार


पटना, 17 जुलाई (हि.स.)। बिहारको नीतीश सरकारले राज्यका 1 करोड़ 67 लाख बिजुली उपभोक्तालाई ठूलो सौगात दिएको छ। राज्य सरकारले प्रति महिना 125 यूनिट बिजुली निःशुल्क दिने घोषणा गरेको छ।

मुख्यमन्त्री नीतीश कुमारले आज बिहान एक्समा पोस्ट गरेर यसको घोषणा गरे। उनले भनेका छन्, हामीले पहिलेदेखिकै सस्तो दरहरूमा सबैलाई बिजुली उपलब्ध गराइरहेका छौं। अब हामीले तय गरेका छौं कि 01 अगस्त 2025 देखि अर्थात् जुलाई महिनाको बिलदेखि नै राज्यका सबै घरेलू उपभोक्ताहरूलाई 125 यूनिटसम्मको बिजुलीको कुनै पैसा तिर्नुपर्नेछैन। यसबाट राज्यका कूल 1 करोड़ 67 लाख परिवारलाई लाभ पुग्नेछ।

मुख्यमन्त्रील भने, हामीले यो पनि तय गरेका छौं कि आगामी तीन वर्षमा यी सबै घरेलू उपभोक्ताहरूबाट सहमति लिएर उनीहरूको घरहरूको छप्पर अथवा छेवैको सार्वजनिक स्थलहरूमा सौर उर्जा संयंत्र लगाएर लाभ दिइनेछ। कुटीर ज्योति योजना अन्तर्गत जो अत्यन्त निर्धर परिवार छन्, उनीहरूका लागि सौर उर्जा संयंत्र लगाउनका लागि पूरा खर्चा राज्य सरकारले बेहोर्नेछ तथा बाकीको निम्ति पनि सरकारले उचित सहयोग गर्नेछ। यसबाट घरेलू उपभोक्ताहरूलाई अब बिजुलीको 125 यूनिटसम्म कुनै खर्चा लाग्नेछैन, साथै राज्यमा आगामी तीन वर्षमा एक अनुमान अनुसार 10 हजार मेगावाटसम्म सौर ऊर्जा उपलब्ध हुनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande