जयपुर, 18 जुलाई (हि.स.)। पूर्व मुख्यमन्त्री अशोक गहलोतले अहमदाबाद प्लेन क्र्याश मामिलामा जाँचको निम्ति सुप्रीम कोर्टका रिटायर्ड न्यायाधीशको अध्यक्षतामा न्यायिक आयोग गठन गर्ने माग गरेका छन् ताकि दुर्घटनाको हरेक पाटो अनि पक्षको जाँच गरी वास्तविकतालाई सामु ल्याउन सकियोस्।
गहलोतले सोशल मीडिया प्लेटफर्म एक्समा शुक्रवार पोस्ट गरे, अहमदाबाद प्लेन क्र्याशको पूर्ण वास्तविकता सामु ल्याउन अऩि हवाईयात्राप्रति आम मानिसहरूको भरोसालाई फर्काउनको लागि भारत सरकारले सुप्रीम कोर्टका रिटायर्ड न्यायाधीशको अध्यक्षतामा न्यायिक आयोग गठन गर्नुपर्छ जसमा भारतीय वायुसेनाका वरिष्ठ अधिकारी एवं एभिएशन सेक्टरका विशेषज्ञ सामेल होस् जसले यस दुर्घटनाको हरेक पाटो र पक्षको जाँच गरेर वास्तविकतालाई बाहिर ल्याउन सकुन्।
उनले चिन्ता व्यक्त गर्दै लेखे, यस दुर्घटनालाई लिएर विमान दुर्घटना जाँच ब्यूरो (एएआईबी)- को जाँच रिपार्टले सारा दुनियाँको आशंकालाई बढ़ाइदिेको छ। सबैको मनमा यो भावना छ, पायलट आफ्नो पक्ष राख्नका लागि जीवित छैनन्, त्यसैले उनलाई आरोपी साबित गर्न सहज छ। केही एक्सपर्टको मत छ, यस्तो अनुभवी पायलट जो पूर्णतः स्वस्थ छन्,-ले नियोजित रूपमा फ्युल स्विच बन्द किन गर्छन्? म पूर्वमा सिभिल एभिएशन मन्त्री रहिसकेको छु। मेरो मनमा पनि यस रिपोर्टलाई लिएर शंका छ। घटना घटेको एक महिना बितिसक्दा पनि मीडिया, सोशल मीडिया एवं वैश्विक एभिएशन जगतमा घटनालाई लिएर तमाम चर्चाहरू भइरहेका छन्। सबै देशवासी उद्देलित छन् कि 260 जना मानिसहरूको ज्यान आखिर कुन कारणले गयो त?
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा