गुवाहाटी, 22 जुलाई (हि.स.)। असम सरकारले राज्यका हरेक कुनासम्म ब्याङ्किङ र वित्तीय सेवा पुऱ्याउनका लागि काम गरिरहेको छ। सरकारको मनसाय प्रदेशका प्रत्येक व्यक्तिलाई ब्याङ्कसित जोड्नु हो ताकि उसले ब्याङ्किङ सेवाहरूको लाभ उठाउन सकोस्।
असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले मंगलवार भने, गत केही वर्षदेखि राज्यको प्रत्येक कुनामा ब्याङ्किङ सेवाहरूको पहुँच बढ़ाउनमाथि सरकारले विशेष ध्यान दिएको छ। वित्तीय समावेशनको दिशामा यो एक महत्वपूर्ण कदम हो, जसबाट एक मजबुत र आत्मनिर्भर असमको निर्माणमा मद्दत पाइनेछ।
मुख्यमन्त्रीले भने, आज असमका अधिकांश गाउँहरूको पाँच किलोमीटरको परिधिमा एउटा ब्याङ्क शाखा छ। राज्यमा एक सुव्यवस्थित ब्याङ्किङ नेटवर्कको स्थापना अन्तर्गत अहिलेसम्म कूल 2,058 ब्याङ्क शाखाहरू र 21,883 ग्राहक सेवा केन्द्र कार्यरत छन्, जसले आम जनतालाई सुविधा प्रदान गरिरहेको छ।
हिन्दुस्थान समाचार / बिशाल