कुशीनगर, 25 जुलाई (हि.स.)। पाँच वर्षपछि बौद्ध सर्किटमा चीनका पर्यटक देखिनेछन्। केन्द्र सरकारले पाँच वर्षपछि चीनी पर्यटकहरूलाई टूरिस्ट भीसा जारी गर्नमा लागेको रोक हटाउँदा पर्य़टन उद्यमीहरूमा हर्षोल्लास देखिएको छ।
वस्तुतः केन्द्र सरकारले भारत-चीन सीमा विवाद र कोविड-19 को कारण चीनी पर्यटकहरू भारत आउनमा रोक लगाएको थियो। चीनीहरूलाई टूरिस्ट भीसा जारी भइरहेको थिएन। बौद्ध सर्किटमा चीनी पर्यटकहरू नआउँदा बुद्धको महापरिनिर्वाण स्थली कुशीनगर, ज्ञान प्राप्त स्थल बोधगया, प्रथम उपदेश स्थल सारनाथ सहित संकिसा, नालन्दा, राजगीर, कपिलवस्तु, श्रावस्तीको पर्यटन कारोबारमाथि असर परेको थियो। साल 2018 सम्म अक्टोबरदेखि 31 मार्चसम्म चल्ने पर्यटन सीजनमा भारी संख्यामा चीनी पर्यटक भारतीय बौद्ध सर्किटका साथै भारत भएर बुद्धको जन्मस्थली लुम्बिनी (नेपाल) को यात्रा गर्थे। अब केन्द्र सरकारले चीनी पर्यटकहरूलाई भीसा जारी गर्ने अनुमति दिएको छ। यसबाट अब पर्यटन उद्यमसित जोड़िएका मानिसहरूमा खुशीको लहर छ।
मार्च 2018 मा आएको थियो अन्तिम चीनी पर्यटक दल
चीनी पर्यटकहरूमाथि रोक लाग्न अगाड़ी 25 मार्च 2018 मा कुशीनगरमा चीनको अन्तिम पर्यटक दल आएको थियो। त्यस समय भारत-चीन सीमा विवाद चरममा थियो। सपरिवार आएको इङ्ग्लयाण्डमा ट्रान्सपोर्ट अभियन्ता चीनी पर्यटक शुचेंग हूं, झियूगिने हूं, चेनचेन हूं र बग बग हूं ले महापरिनिर्वाण मन्दिरमा पूजा गरेका थिए। तबदेखि चीनको कुनै पयर्टक दल आएन।
उल्लेख्य, बौद्ध सर्किटको पर्यटनको विकासमा चीनको अहम भागीदारी रहेको छ। चीनी पर्यटकहरूबाट बौद्ध सर्किटलाई सर्वाधिक राजस्व प्राप्त हुन्थ्यो। लगभग 500 मिलियनको वैश्विक जनसंख्याको साथ बौद्ध धर्म विश्वको चौथो सबैभन्दा ठूलो धर्म हो। एक्लो चीनमा 50 प्रतिशत बौद्ध अनुआयी बस्छन्। जबकि थाईल्याण्डमा 13 प्रतिशत, जापानमा 9 प्रतिशत, म्यान्मारमा 8 प्रतिशत, श्रीलंका, वियतनाम र कम्बोडियामा 3–3 प्रतिशत, दक्षिण कोरिया र भारतमा 2–2 प्रतिशत र मलेशियामा 1 प्रतिशत बौद्ध जनसंख्या छ।
हिन्दुस्थान समाचार / भवानी थामी