नयाँ दिल्ली, 25 जुलाई (हि.स.)। लोकसभा अध्यक्ष ओम बिरलाले सदनमा लगातार पाँचौं दिन शुक्रवार जारी गतिरोधलाई समाप्त गर्न सर्वदलीय बैठक बोलाए। यस बैठकमा गतिरोध समाप्त गरी सदनको कारबाही सोमवारदेखि सुचारू रूपले चलाउनमा सहमति बन्यो।
सूत्रहरू अनुसार, सर्वदलीय बैठकमा विपक्षका नेताहरूले अध्य़क्षलाई सदनलाई सामान्य तरीकाले चलाउनमा सहयोग दिने आश्वासन दिएका छन्। यहीबीच आगामी हप्ता अपरेशन सिन्दूरमाथि चर्चा तय छ। ऱाज्यसभामा यसको निम्ति 16 घण्टाको समय तय गरिएको छ। सोमवारदेखि मनसून सत्र शुरू भएदेखि नै लोकसभा र राज्यसभामा हंगामाको कारण सामान्य कामकाज हुन सकेको छैन। विपक्षले अपरेशन सिन्दूर र बिहारमा जारी एसआईआर प्रक्रियाको मुद्दा उठाइरहेको छ।
लोकसभामा आजपनि व्यवधान जारी रह्यो। अध्यक्ष ओम बिरलाले व्यवधानको कारण कारबाहीलाई 2 बजीसम्म स्थगित गरे। 2 बजी सदनको कारबाही पुनः शुरू हुँदा सरकारको तर्फबाट ‘गोवा राज्यको विधानसभा निर्वाचन क्षेत्रहरूमा अनुसूचित जनजातिहरूको प्रतिनिधित्वको पुनर्समायोजन विधेयक, 2024’ लाई अगाड़ी विचार र पारित गर्नका लागि ल्याइयो। यद्यपि, यस अवधि विपक्षको हंगामा जारी रह्यो। हंगामा जारी देखेर पीठासीन अधिकारी जगदम्बिका पालले कारबाहीलाई सोमवारसम्मका लागि स्थगित गरिन्।
राज्यसभामा आज बिहान चार नयाँ सदस्यहरूले शपथ लिए। यसपछि शून्यकाल शुरू हुनसाथ विपक्षले हंगामा शुरू गऱ्यो। उपसभापति हरिवंशले कारबाहीलाई 12 बजीसम्मका लागि स्थगित गरे। सदनको कारबाही पुनः शुरू हुँदा पनि विपक्षको हंगामा जारी रह्यो, जसले गर्दा यसलाई सोमवार 11 बजीसम्मका लागि स्थगित गरियो।
हिन्दुस्थान समाचार / भवानी थामी