सागरदिघीबाट अज्ञात वृद्धाको शव उद्धार
सागरदिघीबाट अज्ञात वृद्धाको शव उद्धार


कुचबिहार, 26 जुलाई (हि.स)। जिल्लाको सागरदिघीबाट अज्ञात वृद्ध महिलाको शव भेटिएको घटनाले कोकोहोलो मच्चियो। शनिवार बटुवाहरूले वृद्धाको शव सागरदिघीमा बग्दै गरेको देखेपछि तत्कालै कोतवाली थाना पुलिसलाई सूचना दिए। पुलिसले शवलाई तत्कालै उद्धार गरी पोस्टमर्टम गर्नको लागि एमजेएन मेडिकल कलेज एवं अस्पतालमा पठाइदियो। पुलिसले यस कुराको जाँच गरिरहेको छ, वृद्धा महिलाको मृत्यु कसरी भयो। कोतवाली थानाको पुलिस वृद्धाको परिचय खोलाउन जुटेको छ। शहरको हृदयस्थल सागरदिघीबाट वृद्धाको शव भेटिनाले प्रशासनिक निगरानीमाथि प्रश्न उठ्न थालेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande