नयाँ दिल्ली, 26 जुलाई (हि.स.)। द्वारका जिल्लाको छावला थाना क्षेत्रमा गए शुक्रवार अपरान्ह भएको एक दुर्घटनामा दुई जना मानिसहरूको मृत्यु भयो। घटना कुतुब विहार फेज-2 स्थित एक निर्माणाधिन घरमा भएको हो जहाँको सेप्टिक ट्यांकीमा काम गर्ने क्रममा निसास्सिएर ठेकादार र श्रमिकको ज्यान गयो। मामिलाको सूचना पाएर घटनास्थलमा पुगेको पुलिसको टीमले शवहरूलाई पोस्टमर्टम गर्नको लागि नजिकीकै अस्पतालको शवगृहमा रखायो। जाँचमा मृतकको पहिचान शिपुरी पालम निवासी सुभाष (32) र महावीर एनक्लेभ पालम निवासी प्रदीप (22)-को रूपमा भएको छ।
डीसीपी अंकित सिंह अनुसार उक्त मामिलामा छावला थाना पुलिसले लापरवाहीबाट मृत्युको मामिला दर्ता गरेको छ। हाल जाँच जारी छ। पुलिस अनुसार गत 25 जुलाईको अपरान्ह लगभग 1:56 बजी इन्दिरा गान्धी अस्पतालबाट सूचना प्राप्त भयो, दुईजना मानिसहरूलाई मृत अवस्थामा ल्याइएको छ। जाँचमा उनीहरूको पहिचान सुभाष एवं प्रदीपको रूपमा भएको छ।
प्रारम्भिक जाँचमा थाहा लागे अनुसार सुभाष कन्ट्र्याक्टर थिए भने प्रदीपले श्रमिकको काम गर्थे। दुवैले निर्माणाधिन घरको सेप्टिक ट्यांकीमा बनाइएको मचानलाई खोलिरहेका थिए। अचानक भित्र ग्यास वा अक्सीजनको अभावमा निसास्सिएर दुवैको मृत्यु भयो। यस निर्माण कार्यको जिम्मेवारी सुजित झाले कन्ट्र्याक्टर सुभाषलाई दिएका थिए। क्राइम टीम अतिरिक्त एफएसएलको टीमले पनि घटनास्थलमा पुगेर प्रमाण जुटायो। हाल पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा