कोलकाता, 26 जुलाई (हि.स.)। कलकत्ता विश्वविद्यालयमा आगामी 28 अगस्तको अपरान्ह 2 बजेदेखि स्नातकोत्तर परीक्षा घोषणा गरिेको छ, तर त्यसै दिन तृणमूल छात्र परिषद (टीएमसीपी)-को स्थापना दिवस पनि परेको छ। त्यसैले परीक्षाको तारिकलाई लिएर टीएमसीपीले विश्वविद्यालय प्रशासनमाथि तीव्र प्रहार गरेको छ। संगठनको आरोप छ, यो दिल्लीको इशारामा गरिएको एक राजनीतिक षड़यन्त्र हो।
टीएमसीपीका प्रदेश अध्यक्षले परीक्षालाई लिएर विश्वविद्यालय प्रशासनको निन्दा गर्दै यसलाई बेनजिरको राजनीतिक चाल-को संज्ञा दिए। उनले आरोप लगाए, विद्यार्थीहरूको लोकतान्त्रिक अधिकारहरूलाई बाधित गर्ने चेष्टा भइरहेको छ।
यस सम्पूर्ण विवादमाथि प्रतिक्रिया व्यक्त गर्दै कलकत्ता विश्वविद्यालयकी कार्यवाहक कुलपति डा. शान्ता दत्ता देले भनिन्, परीक्षा दिनु विद्यार्थीहरूको कर्तव्य हो, यो कसैको लोकतान्त्रिक अधिकारमा हस्तक्षेप होइन। यदि हामीले कुनै विशेष संगठनको कार्यक्रमलाई हेरेर परीक्षाको तारिक तय गऱ्यौं भने हरेक राजनीतिक दल अनुसार नै परीक्षा आयोजना गर्नुपर्नेछ। यो त स्वयं नै अलोकतान्त्रिक हुनेछ।
कुलपतिको यस बयानबाट स्पष्ट हुन्छ, विश्वविद्यालय परीक्षा कार्यक्रमलाई लिएर पछि हट्ने मुडमा छैन भने अर्कोतिर टीएमसीपीले यसलाई राजनीतिक षड़यन्त्र बताएर विरोधलाई तीव्र बनाइरहेको छ। आगामी दिनमा यो विवाद अझ बढ़्नसक्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा