नयाँ दिल्ली, 26 जुलाई (हि.स.)। पूर्व केन्द्रिय मन्त्री एवं हमीरपुरका सांसद अनुराग सिंह ठाकुरले शनिवार कारगिल विजय दिवस भारतीय सेनाको साहस, शौर्य र स्वाभिमानलाई विश्वभरि गौरवान्वित गर्ने स्वर्णिम तिथि रहेको बताएका छन्। उनले भने, यो देशको गर्व र स्वाभिमानको पर्व हो। भारतीय सेना देशको गौरव हो र जब भी पनि देशलाई आवश्यकता परेको छ, हाम्रा जवानहरूले आफ्नो रगत बगाएर देशको रक्षा गरेका छन्।
अनुराग ठाकुर कारगिल विजय दिवसको अवसरमा दिल्लीको डा. अम्बेडकर इन्टरनेशनल सेन्टरमा आयोजित एक समारोहलाई मुख्य अतिथिको रूपमा सम्बोधित गरिरहेका थिए। कार्यक्रमको विशिष्ट अतिथिको रूपमा लेफ्टिनेन्ट जनरल (सेनि.) विनोद खंडारे उपस्थित थिए। कार्यक्रमको आयोजन डा. अम्बेडकर इन्टरनेशनल सेन्टरका निदेशक कर्नल आकाश पाटिलको नेतृत्वमा सम्पन्न गरियो।
पूर्व केन्द्रिय मन्त्री अनुराग ठाकुरले युवाहरू, स्कूलका विद्यार्थीहरू र गणमान्यहरूसॅंग मॉं भारतीका वीर सपूतहरूलाई नमन गर्दै भने, भारती सेनाले विश्व समक्ष आफ्नो शौर्य र पराक्रमका अनेकौं प्रतिमान स्थापित गरेका छन्। वर्ष 1999 मा जब पाकिस्तानको सेना कारगिलमा घुसपैठ गरेर दुर्गम पहाडहरूबाट हमला गरिरहेका थिए, हाम्रो भारतीय सेनाले आफ्नो अदम्य साहसको परिचय दिए र दुश्मनहरूलाई खेदेर वीरताको नयॉं परिभाषा दिएका थिए।
उनले भने, कारगिलको विजय कुनै सरकार अथवा कुनै दलको विजय होइन, यो देश र देशको विरासतको विजय हो। यो देशको गर्व र स्वाभिमानको पर्व हो। हाम्रो वर्तमान पीढी भारतीय सेनाको शौर्य गाथाहरूबाट अछुतो नरहोस्, यस कारण समय-समयमा विभिन्न आयोजनहरूको माध्यमद्वारा उनीहरूको ध्यानाकर्षण आवश्यक छ।
अनुराग ठाकुरले भने, देशको विभिन्न प्रान्तहरूको सैनिकहरूका साथै हिमाचल प्रदेशका जवानहरूले पनि कारगिल युद्धमा हिस्सा लिए र मॉं भारतीको सुरक्षामा आफ्नो प्राणहरूको आहुति दिए। यस लडाईमा हिमाचलका अमर सपूत परमवीर चक्र विजेता स्व. क्याप्टन विक्रम बत्रा र संजय कुमारले अद्भुत पराक्रमको परिचय दिॅंदै देश-विदेशमा वीरभूमि हिमाचल प्रदेशको मान बढाए। देशले क्याप्टन सौरभ कालिया र हिमाचलका 52 जवानहरूको वीरगतिलाई कहिले बिर्सने छैन। उनले भने, क्याप्टन विक्रम बत्रा, क्याप्टन सौरभ कालिलासहित कारगिल युद्धका सबै नायकहरूले शताब्दीयौंसम्म देशका करोडौं युवाहरूलाई भारत माताको रक्षा गर्न प्रेरित गरिरहनेछन्।
हिन्दुस्थान समाचार / बिशाल