लखनऊ, 26 जुलाई (हि.स.)। भारतीय जनता पार्टी (भाजपा)-का वरिष्ठ नेता औ उत्तर प्रदेशका उप मुख्यमन्त्री केशव प्रसाद मौर्यले कंग्रेस नेता राहुल गान्धीलाई भारत विरोधी एजेण्डाको प्रतीक बताएका छन्। उपमुख्यमन्त्री केशव प्रसाद मौर्यले शनिवार आफ्नो सोशल मीडिया एकाउण्ट एक्समा लेखे, कंग्रेसका 'स्थायी अध्यक्ष' राहुल गान्धीले सही भनेका छन् कि प्रधानमन्त्री नरेन्द्र मोदी उनको लागि कुनै समस्या होइन।
वास्तवमा विरासतको अहंकारमा चूर उनी स्वयं आफ्नो परिवार अनि कंग्रेसको लागि एक 'स्थायी समस्या' बनिसकेका छन्। आफ्नो चमत्कारिकएवं अभूतपूर्व नेतृत्वमा उनले कंग्रेसलाई चार दर्जनभन्दा अधिक चुनाउ हराइसकेका छन्। लगभग दर्जन पूर्व मुख्यमन्त्रई र चार दर्जन पार्टीका वरिष्ठ नेताहरूले उनलाई पिठ्युँ देखाइसकेका छन्। अब समस्या के भएको छ भने देशले साथ नदिएपछि राहुल गान्धी कुण्ठामा भारत विरोधी एजेण्डाका प्रतीक बनिसकेका छन् भने अर्कोतिर 'मति गुमाइसकेको' कंग्रेस उनको मार्गमा हिँड़्नको लागि 'विवश' भएको छ।
यस्तै अर्को पोस्टमा उपमुख्यमन्त्रीले लेखे, गान्धी परिवार उसको खल्तीमा बस्ने कंग्रेस पछौटे वर्गको जन्मजात विरोधी हो। पछौटे वर्गलाई न्याय दिलाउनको लागि काका कालेलकर आयोग-1955 देखि लिएर मण्डय आयोग-1980सम्मको रिपोर्टमा कंग्रेस अड्डा जमाएर बसेको थियो। मण्डल आयोगको सिफारिसलाई वीपी सिंह सरकारले लागू गऱ्यो।
कंग्रेसको सौतेनी व्यवहारले पछौटे वर्गलाई दशकौंसम्म दबाएर राख्यो। पछौटे वर्गले कंग्रेसलाई कदापि माफ गर्नेछैन। प्रधानमंत्री नरेन्द्र मोदीको नेतृत्वले पछौटे वर्गमा नयाँ चेतना सञंचार गरिदिएको छ। त्यसैले पनि गान्धी परिवार र कंग्रेसलाई पछौटे वर्गको याद आइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा