नदिया, 03 जुलाई (हि.स.)। जिल्लाको चापड़ा क्षेत्रस्थित गभर्मेन्ट जनरल डिग्री कलेजका प्रिन्सिपल डा. शुभाशिष पाण्डेमाथि कुटपिट गरेको आरोपमा तृणमूल नेताका भाइलाई पक्राउ गरिएको छ।
प्रिन्सिपलले दाबी गरेका छन्, उनीमाथि हमला त्यसबेला भयो जतिबेला उनले पर्यावरण संरक्षणको लागि कलेज बाहिर टाँसिएको बोर्डको मरम्मत गराइरहेका थिए। बिहीवार अपरान्ह हिन्दुस्थान समाचार-लाई आफ्नो पीड़ा बताउँदै प्रिन्सिपल भावुक भएर रोए। उनले भने, आरोपी अहिले पनि खुला घुमिरहेको छ। मैले आफूलाई अत्यन्त अपमानित महसूस गरिरहेको छु। मैले सदैव समाज र पर्यावरणको लागि काम गरेको छु। मैले कहिल्य सोचेको थिइनँ कि म यसरी अपमानित हुनुपर्नेछ। मेरो लागि यो अत्यन्त कठिन समय हो। मेरो माग छ, पुलिसले आरोपीलाई पक्राउ गरी उविरूद्ध कड़ा कारबाही गरोस्।
प्राप्त जानकारी अनुसार शुभाशीष पाण्डा वर्ष 2021-देखि चापड़ा कलेजमा कार्यरत् छन्। उनी एकजना समर्पित कीट विज्ञानी हुन् जसले कीटहरूको संरक्षण अनि यिनीहरूको कृषिमा लाभकारी भूमिकामाथि शोध गरिरहेका छन्। यस अतिरिक्त उनले पर्यावरण संरक्षणलाई लिएर राष्ट्रिय स्तरमा पनि कार्य गरेका छन्। चापड़ा क्षेत्रमा उनले झाड़ी तथा नाली किनारको जैव विविधता संरक्षण गर्नका लागि जागरूकता अभियान संचालन गरिरहेका छन्।
स्थानीय मानिसहरूको आरोप छ, क्षेत्रको सरकारी जमीन अनि बाटो किनारको झाड़ीलाई सफा गरेर अवैध कब्जा गर्ने प्रयास गरिरहेको थियो। पाण्डाले उक्त स्थानमा पर्यावरण जागरूकता बोर्ड लगाउँदा त्यसलाई भत्काइदियो।
पाण्डाले भने, गए बुधवार साँझ 5 बजेर 10 मिनट जाँंदा म एकजना सुरक्षा गार्डसित उक्त बोर्डको मरम्मत गर्न गएको थिएँ अचानक पछाड़िबाट ममाथि लात्ता र घुस्साले हमला गरियो। उनले आरोप लगाए, आक्रमणकारी अजय घोष र स्थानीय तृणमूल कंग्रेस नेताका भाइ हो जसले आफूलाई तृणमूल कार्यकर्ता मान्दछ। सुरक्षा गार्डको उपस्थितिमै उनीमाथि निर्दयतापूर्वक कुटपित गरियो। घटनापछि उनलाई चोपड़ा ग्रामीण अस्पतालमा लगियो। उनले चापड़ा थानामा मामिलाको लिखित सिकायत दर्ता गराएका छन्।
यता आरोपी अजय घोषले मीडिया समक्ष भने, त्यसबेला मेरो मानसिक स्थिति ठिक थिएन। यदि उक्त समय उनी मेरा पिता नै भएको भए पनि म उनीमाथि कुटपिट गर्थेँ। म आक्रोशित भएको थिएँ, तर आफूले गरेको कार्यको निम्ति मलाई पश्चाताप भएको छ। पुलिसले प्रिन्सिपलको सिकायतमा जाँच शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा