अमरनाथ यात्राको निम्ति तीर्थयात्रीहरूको दोस्रो टोली जम्मूबाट प्रस्थान
अमर


जम्मू, 03 जुलाई (हि.स.)। कड़ा सुरक्षाबीच 5,200 भन्दा धेरै तीर्थयात्रीहरूको दोस्रो टोली बिहिवार दक्षिण कश्मीरमा अमरनाथ गुफा मन्दिरको निम्ति जम्मू स्थित भगवती नगर आधार शिविरबाट प्रस्थान भयो। 3,880 मीटर अग्लो मन्दिरको 38 दिवसीय तीर्थयात्रा बिहिवार दुई मार्गबाट अनन्तनाग जिल्लामा पारम्परिक 48 किलोमीटर लामो नुनवान-पहलगाम मार्ग र गान्दरबाल जिल्लामा 14 किलोमीटर सानो तर अधिक चढ़ाई भएको बालटाल मार्गबाट शुरू भयो। यात्रा 09 अगस्तमा समाप्त हुनेछ।

अधिकारीहरूले बताए, तीर्थयात्रीहरू सुरक्षा पुलिस र केन्द्रिय अर्धसैनिक बलहरूको सुरक्षामा 168 वाहनको लश्करमा भगवती नगर आधार शिविरबाट प्रस्थान भए। यसका साथै जम्मू आधार शिविरबाट मन्दिरको निम्ति प्रस्थान भएका तीर्थयात्रीहरूको संख्या 11,138 सम्म पुगेको छ। तीर्थयात्रीहरूको दोस्रो टोलीमा 4,074 पुरूष, 786 महिला र 19 नानी सामेल छन्।

तीर्थयात्रीहरूको एक समूहले भन्यो, उनीहरू 22 अप्रेलमा पहलगाममा भएको हमलाले विचलित भएका छैनन्, जसमा 26 जना मारिएका थिए। रायपुर निवासी हरीश कुमारले भने, हामी आतङ्कीहरू वा पाकिस्तानसित डराउदैनौं जसले निर्दोष र निशस्त्र पर्यटकहरूमाथि हमला गरायो। यो कातरपूर्ण कृत्य हो। पहलगाम जस्ता आतङ्की घटनाहरूको माध्यमले डर फैलाएर उसले हामीलाई बाबा बर्फानीको दर्शन गर्नदेखि रोक्न सक्दैन।

वार्षिक तीर्थयात्राको निम्ति भगवती नगर बेस क्याम्पमा र उसका वरपर सुरक्षा व्यवस्था सक्रिय गरिएको छ। जम्मूमा 34 आवास केन्द्र स्थापित गरिएको छ र तीर्थयात्रीहरूलाई रेडियो फ्रीक्वेन्सी आइडेन्टिफिकेशन (आरएफआईडी) ट्याग जारी गरिँदैछ। यात्रामा जाने तीर्थयात्रीहरूको घटनास्थलमै पञ्जीकरणको निम्ति 12 काउन्टर बनाइएको छ। अहिलेसम्म 3.5 लाखभन्दा धेरै मानिसहरूले तीर्थयात्राको निम्ति अनलाइन पञ्जीकरण गराएका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande