गान्तोक, 03 जुलाई (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमको आज 29 लुन्चोक कमेरे ग्राम पञ्चायत अन्तर्गत 3 लुन्चोक रोलु वार्डमा विष्णु प्रसाद गुरुङको अध्यक्षतामा सभा सम्पन्न भयो। कार्यक्रममा कमला राई (अध्यक्ष, महिला परिषद्, मल्ली), युभीसी अध्यक्ष केराबारी गणेश क्षेत्री, सीएपीको नाम्ची जिल्लाका सचिव आरपी गुरुङ तथा अन्य वरिष्ठ नेताहरू, स्वयंसेवकहरू र स्थानीय नागरिकहरूको सक्रिय उपस्थिति रहेको थियो।
कार्यक्रमको प्रमुख आकर्षण भनेको मल्ली निर्वाचन क्षेत्र अन्तर्गत 29 लुन्चोक कमेरे वार्ड नम्बर 3 को यूबीसी (वार्ड स्तर) महिला परिषद्को औपचारिक घोषणा थियो। यो महिलाहरूको नेतृत्वमा गठन भएको समिति पार्टीको विकेन्द्रिकरण, महिला सशक्तिकरण र समावेशी स्थानीय राजनीतिप्रतिको प्रतिबद्धताको स्पष्ट संकेत रहेको सीएपीले आज विज्ञप्तिमा बताएको छ।
विज्ञप्ति अनुसार, स्थानीय महिलाहरूको सहभागितामा गठित यो नयाँ समितिले समुदायको आकांक्षाको प्रतिनिधित्व गर्दछ र पार्टीको स्वच्छ, पारदर्शी र सुधारमुखी राजनीतिप्रतिको बढ्दो जनसमर्थनलाई झल्काउँछ। मल्ली निर्वाचन क्षेत्रबाट आएका पार्टी कार्यकर्ताहरुले सुधार आन्दोलनप्रतिको विश्वास र सबै मिलेर न्यायसंगत तथा सहभागी राजनीतिक संस्कार निर्माण गर्ने चाहनालाई थप बलियो बनाएको देखियो।
हिन्दुस्थान समाचार / बिशाल