नयाँ दिल्ली, 03 जुलाई (हि.स.)। नौसेना प्रमुख एडमिरल दिनेश कुमार त्रिपाठीले बिहिवार उपराष्ट्रपति जगदीप धनखड़सित उनको आवासमा शिष्टाचार भेट गरे। य़स अवसरमा एडमिरल त्रिपाठीले छत्रपति शिवाजी महाराजको एतिहासिक 'राजमुद्रा' को प्रतिकृति उपराष्ट्रपतिलाई भेटस्वरूप प्रस्तुत गरे। उपराष्ट्रपतिको एक्स ह्याण्डलमा भेटको फोटो साझा गर्दै यो जानकारी दिइयो।
यो राजमुद्रा मराठा साम्राज्यको गौरवपूर्ण विरासत र प्रशासनिक दूरदर्शिताको प्रतीक मानिन्छ। यसमा अंकित संस्कृत श्लोकको अर्थ हो, शाहजीका छोरा शिवाजीको यो मोहर, सबैको कल्याणको निम्ति चम्किन्छ, पहिलो रातको अर्धचन्द्र सरह जुन पूरा विश्वमा निरन्तर फैलिन्छ र पूजनीय छ।
उपराष्ट्रपति धनखड़ले यस भेटलाई एतिहासिक र प्रेरणादायक बताउँदै छत्रपति शिवाजी महाराजको शासन, नीति र राष्ट्रभक्तिलाई याद गरे। उनले भने, शिवाजी महाराजको जीवन आजपनि जनसेवा, नीतिपूर्ण प्रशासन र आत्मगौरवको पथप्रदर्शक हो।
राजमुद्राको यो प्रतीकात्मक भेट भारतीय नौसेना र मराठा साम्राज्यबीच त्यस गौरवपूर्ण सामुद्रिक परम्परालाई पनि रेखांकित गर्दछ, जसको आधार स्वंय शिवाजी महाराजले राखेका थिए।
हिन्दुस्थान समाचार / भवानी थामी