उन्नति र एनईआर योजनाहरूमाथि जागरूकता कार्यशाला सम्पन्न
उन्नति र एनईआर योजनाहरूमाथि जागरूकता कार्यशाला सम्पन्न


सोरेङ, 03 जुलाई (हि.स.)। उत्तर पूर्व परिवर्तनकारी औद्योगिकीकरण (उन्नति) 2024 योजना र अन्य उत्तर पूर्वी क्षेत्र (एनईआर) योजनाहरू सम्बन्धी आज सोरेङ जिल्ला अन्तर्गत कलुक बीएसीमा एक जागरूकता कार्यशाला आयोजना गरियो। कार्यक्रमको मुख्य उद्देश्य स्थानीय उद्यमीहरू, स्वयं सहायता समूहहरू (एसएचजी), युवाहरू र अन्य सरोकारवालाहरूलाई राज्य र केन्द्र सरकारका विभिन्न प्रमुख योजनाहरू र यसका फाइदाहरूको बारेमा जागरूक गराउनु र सशक्त बनाउनु थियो।

कार्यशालामा रिन्छेनपोङ निर्वाचन क्षेत्रका विधायक इरुङ तेन्जिङ लेप्चा प्रमुख अतिथिको रूपमा उपस्थित थिए। यसैगरी, जिल्लापाल (सोरेङ) धीरज सुवेदी विशिष्ट अतिथि र एडीसी (देव) गायस पेगा विशेष अतिथिका रूपमा उपस्थित थिए।

मुख्य अतिथि विधायक लेप्चाले सम्बोधनमा आफ्नो निर्वाचन क्षेत्रमा जागरूकता कार्यक्रम आयोजना गरेकोमा वाणिज्य तथा उद्योग विभाग अन्तर्गत डीआईसीलाई धन्यवाद दिए। उनले विभागीय अधिकारीहरू बाहेक चार्टर्ड एकाउन्टदेखि वित्तीय एजेन्सीहरू, उन्नति फाउन्डेशन जस्ता गैरसरकारी संस्थाहरू सम्मिलित विषय विशेषज्ञहरूलाई एकीकृत गर्ने विभागको समग्र दृष्टिकोणको प्रशंसा गरे।

उनले सहभागीहरूलाई योजनाहरूको पूर्ण लाभ लिन प्रोत्साहित गरे भने परिवर्तन असहज हुन सक्छ, तर यो विकासको लागि आवश्यक रहेको उल्लेख गरे। उनले सरकारी नोकरीमा निर्भरताबाट आत्मनिर्भरता र रोजगारी सिर्जनाको बाटोको रूपमा उद्यमशीलतालाई अँगाल्न जोड दिए। उनले विभागलाई यस्ता कार्यक्रमहरू जारी राख्न र युवा उद्यमीहरूलाई सहयोग पुर्‍याउन आग्रह गरे।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande