मालेगाउँ ब्लास्ट केसमा न्यायालयको फसेलाको मुख्यमन्त्री र उपमुख्यमन्त्रीले गरे स्वागत
लखनऊ, 31 जुलाई (हि.स.)। मालेगाउँ ब्लास्ट केसमा न्यायालयको फसेला आएपछि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले कांग्रेसले आफ्नो अक्षम्य कुकृत्यलाई सार्वजनिक रूपमा स्वीकार गर्दै देशसित माफी माग्नुपर्ने बताएका छन्।
उत्तर प्रदेशका उपमुख्यमन्त्री केशव प्रसाद मौर्यले भने, कांग्रेसको भगवा आतङ्कवाद गढ्ने प्रयास ध्वस्त भयो।
मुख्यमन्त्री योगीले बिहिवार आफ्नो सोशल मीडिया अकाउन्ट एक्समा लेखेका छन्, मालेगाउँ विस्फोट प्रकरणमा सबै आरोपीहरू निर्दोश सिद्ध हुनु 'सत्यमेव जयते' को सजीव उद्घोषणा हो। यो निर्णयले कांग्रेसको भारत विरोधी, न्याय विरोधी र सनातन विरोधी चरित्रलाई पुनः उजागर गर्दछ, जसले 'भगवा आतङ्कवाद' जस्तो मिथ्या शब्द गढ़ेर करोड़ौं सनातन आस्थावानहरू, साधु-सन्तहरू र राष्ट्रसेवकहरूको छविलाई कलंकित गर्ने अपराध गरेको छ। कांग्रेसले आफ्नो अक्षम्य कुकृत्यलाई सार्वजनिक रूपमा स्वीकार गरेर देशसित माफी माग्नुपर्छ।
कांग्रेसको भगवा आतङ्कवाद गढ्ने कोशिश ध्वस्त: मौर्य
मालेगाउँ ब्लास्ट केसको फसेलापछि उत्तर प्रदेशका उप मुख्यमन्त्री केशव प्रसाद मौर्यले न्यायालयको फसेलाको स्वागत जनाएका छन्। केशव प्रसाद मौर्यले आफ्नो सोशल मीडिया अकाउन्ट एक्समा लेखेका छन्, मालेगाउँ ब्लास्ट केसमा न्यायालयको फसेला अभिनन्दनीय छ। यसका साथै कांग्रसेको भगवा आतङ्कवाद गढ्ने प्रयास ध्वस्त भएको छ। तत्कालीन केन्द्रमा यूपीए सरकार र महाराष्ट्रमा कांग्रेस-एनसीपी सरकारले धतकर्म गर्दै यस ब्लास्टको माध्यमले भगवा आतङ्कवादको थ्योरी गढ्दै मुख्य अपराधीहरूलाई समाउनको सट्टा हिन्दूहरूलाई पक्राउ गरी उनीहरूमाथि बलजफ्ती अपराध स्वीकार गर्ने दबाउ दिएको थियो। गान्धी परिवार र कांग्रेस आफ्नो स्थापनादेखि कै लगातार हिन्दूहरूको दुश्मन रहेको छ। उसको निशानामा राष्ट्रिय स्वयंसेवक संघ रहेको छ, जसको धुरीमै राष्ट्रवाद छ जुन कांग्रेसलाई पटक्कै मनपर्दैन।
हिन्दुस्थान समाचार / भवानी थामी