बिहारको जमुई-लखीसराय सीमामा सड़क दुर्घटनामा 3 विद्यार्थीको मृत्यु
बिहारको जमुई-लखीसराय सीमामा सड़क दुर्घटनामा 3 विद्यार्थीको मृत्यु


पटना, 31 जुलाई (हि.स.)। बिहारको जमुई-लखीसराय सीमामा बिहिवार बिहान एउटा ट्रकसॅंग सीएनजी अटो ठोकिॅंदा अभियान्त्रिकी महाविद्यालयका तीन विद्यार्थीको मृत्यु भएको छ। जानकारी अनुसार, विद्यार्थीहरू कुनै परीक्षामा सामेल हुनका लागि ट्रेन समात्न लखीसराय गइरहेका थिए।

तेतरहाट थाना अध्यक्ष मृत्युंजय कुमारले भने, आज बिहान भएको यस दुर्घटनामा मृतक विद्यार्थीहरूको पहिचान समस्तीपुर जिल्लाको पंजक कुमार, सरोज कुमार र नालन्दाका साहिल कुमारको रूपमा भएको छ। उनीहरू एक अभियान्त्रिकी महाविद्यालयका विद्यार्थी थिए।

पुलिस अनुसार, बिहिवार बिहान छजनालाई लिएर गइरहेको एउटा अटो सडक छेउ रोकेर राखिएको एउटा ट्रकसॅंग ठोकियो। यसमा तीन जना विद्यार्थीको घटनास्थलमै मृत्यु भयो भने चालकसहित अन्य दुई विद्यार्थी खाडलमा झरे। अटो चालक दुई घाइतेलाई लिएर घटनास्थलमा भागेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande