देवघर, 31 जुलाई (हि.स.)। सावन महिनामा देवघरको विश्व प्रसिद्ध बाबा बैद्यनाथ धाममा श्रद्धालुहरूको भीड़ लगातार बढ़िरहेको छ। बिहिवार बिहानै 04.15 बजीदेखि मन्दिरको पट खोलिनसाथ जलार्पण शुरू भयो। श्रद्धालुहरूलाई बीएड कलेजदेखि तिवारी चौक, शिवराम झा चौक, नेहरू पार्क, क्यू कम्प्लेक्स हुँदै जिल्ला प्रशासनको तर्फबाट कड़ा सुरक्षाबीच जलार्पण गराइँदैछ।
बाबा बैद्यनाथको नगरी देवघरमा शिवभक्तहरूको गूञ्ज छ। कांवड़ीहरूले कतारबद्ध भएर बाबाको जयघोष गर्दै जलार्पण गरिरहेका छन्। कांवड़ीहरूले सुल्तानगंजदेखि जल लिएर 105 किलोमीटर पैदल यात्रा गरी देवघरको बाबा बैद्यनाथ धाम पुगेर जलार्पण गर्छन्।
जिल्ला प्रशासन अनुसार, सावन मेलामा अहिलेसम्म कूल 40 लाख 57 हजार 220 श्रद्धालुहरूले बाबा बैद्यनाथमा जलार्पण गरेका छन्। देशको हरेक कुना र विदेशबाट पनि भक्तले भोलेनाथलाई जलार्पण गरिरहेका छन्।
सुरक्षाको ठोस व्यवस्था
श्रद्धालुहरूको भीड़लाई मध्यनजर राखेर सुरक्षाको ठोस व्यवस्था गरिएको छ। एसपी अजित पीटर डुंगडुंगले बताए, श्रद्धालुहरूको सुरक्षालाई लिएर सबै स्थानहरूमा पुलिस बलको तैनाती गरिएको छ। बाबा बैद्यनाथ धामस्थित पूरा मेला क्षेत्रमा कूल 564 मजिस्ट्रेटको तैनाती गरिएको छ। 9 हजार 650 पुलिस बल प्रतिनियुक्त गरिएको छ। साथै चार सीआरपीएफको कम्पनी, दुई पुलिस अधीक्षक, एनडीआरएफको टीम मेला क्षेत्रमा प्रतिनियुक्त छ। मेलामा 101 स्थानहरूमा आवासनको व्यवस्था गरिएको छ। मेलामा 81 चिकित्सक र पारा मेडिकल स्टाफको संख्या 449 छ। रूट लाइन र मन्दिर परिसरको निगरानीको निम्ति 765 सीसीटीवी क्यामरा, 200 एआई क्यामरा र 10 ड्रोन क्यामरा लगाइएको छ। उपायुक्त नमन प्रियेश लकड़ा र एसपीले लगातार मन्दिर परिसर र रूट लाइनको जायजा लिइरहेका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी