मोहम्मद रफीको पुण्यतिथिमा मुख्यमन्त्री ममता ब्यानर्जीले दिए श्रद्धाञ्जली
मोहम्मद रफीको पुण्यतिथिमा मुख्यमन्त्री ममता ब्यानर्जीले दिए श्रद्धाञ्जली


कोलकाता, 31 जुलाई (हि.स.)। भारतीय संगीत जगतका एक महान गायक मोहम्मद रफीको पुण्यतिथिको अवसरमा पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले उनलाई भावपूर्ण श्रद्धाञ्जली अर्पित गरेका छन्। उनले बिहिवार माइक्रो ब्लगिङ्ग साइट एक्समा जारी एक सन्देशमा महान गायकप्रति श्रद्धाञ्जली अर्पित गरेका छन्।

मुख्यमन्त्रीले आफ्नो सन्देशमा लेखेकी छिन्, 'मोहम्मद रफी केवल एक उत्कृष्ट गायक थिएनन्, तर उनले भारतीय सिनेमालाई आफ्नो मधुर आवाजले नयॉं उचाई दिए। उहॉंको संगीत आज पनि लाखौं ह्रदयको ढुकढुकी बनेको छ।'

उल्लेखनीय छ, मोहम्मद रफीले हिन्दी फिल्म उद्योगमा चार दशकसम्म आफ्नो गायकीको झण्डा फहराए। उनले प्रेम, विरह, भक्ति र देशभक्तिदेखि लिएर हास्य र गम्भीरतासम्म हर भावहरूलाई आफ्ना गीतहरूमा जीवन्त गरे।

रफी साहबको निधन 31 जुलाई, 1980 मा भएको थियो, तर उनको आवाज आज पनि संगीत प्रेमीहरूमा उतिकै लोकप्रिय छ। हरेक वर्ष उनको पुण्यतिथिमा देशव्यापीरूपमा उनको स्मरण गरिन्छ र उनका अमर गीतहरूको माध्यमद्वारा उनलाई श्रद्धाञ्जली अर्पित गरिन्छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande