मुख्यमन्त्री डा यादवले स्वतन्त्रता सेनानी उधम सिंहलाई बलिदान दिवसमा गरे स्मरण
मुख्यमन्त्री डा यादवले स्वतन्त्रता सेनानी उधम सिंहलाई बलिदान दिवसमा गरे स्मरण


भोपाल, 31 जुलाई (हि.स.)। भारतको स्वतन्त्रता संग्रामका एक महान सेनानी एवं क्रान्तिकारी शहीद उधम सिंहको आज, बिहिवार बलिदान दिवस हो। यस अवसरमा उनको स्मरण गर्दै मुख्यमन्त्री डा मोहन यादवले विनम्र श्रद्धाञ्जली अर्पित गरेका छन्।

मुख्यमन्त्री डा यादवले सो​शल मिडिया एक्समा आफ्नो सन्देशमा लेखेका छन्, स्वतन्त्रता सेनानी, श्रद्धेय उधम सिंहजीलाई बलिदान दविसमा सादर श्रद्धाञ्जली अर्पित गर्दछु। उहॉंले दृढ संकल्पले जालियांवाला बागमा निर्दोष मानिसहरूको ज्यान लिने माइकल ओडायरको ज्यान लिएका थिए। उहॉंको जीवन युवाहरूको लागि संकल्प शक्ति र मातृभूमिको भक्तिको प्रेरणादायक प्रतीक हो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande