धर्मस्थल गाउँमा शव दफनाएको मामिलामा आयो नयाँ मोड़, मानव अस्थि भेटियो
धर्मस्थल


मंगलुरू, 31 जुलाई (हि.स.)। कर्नाटकको दक्षिण कन्नड़ जिल्लाको बेल्थांगडी तालुक स्थित धर्मस्थल गाउँमा कथित रूपमा शव दफनाएको मामिलाको जाँचमा अब नयाँ मोड़ आएको छ। विशेष जाँच दल (एसआईटी) को उत्खननमा छैठौं स्थानबाट केही मानव अस्थिहरू भेटिएको पुष्टि भएको छ। यस अगाड़ी जुन पाँच ठाउँमा उत्खनन गरिएको थियो, त्यहाँबाट केही भेटिएको थिएन।

वस्तुतः एक व्यक्तिले पुलिस समक्ष दाबी गरेको थियो कि उसले धर्मस्थल गाउँमा विभिन्न ठाउँ धेरै शवहरू दफनाएको छ। उसको उक्त बयानको आधारमा कर्नाटक सरकारले 19 जुलाई 2025 मा राज्य पुलिस महानिदेशक डा. प्रणव मोहन्टीको नेतृत्वमा एक एसआईटीको गठन गरेको थियो। यस एसआईटीले युवकसित सोधपुछ गरेपछि गाउँको 13 ठाउँको पहिचान गरी सोमवारदेखि उत्खनन कार्य शुरू गराएको थियो। पहिलो तीन दिनमा पाँच स्थानमा उत्खनन कार्यमा कतैबाट कुनै आपत्तिजनक सामग्री वा मानव अस्थि भेटिएको थिएन।

एसआईटीको देखरेखमा गाउँमा चिह्नित छैठौं स्थानमा 15 श्रमिकको सहायताले उत्खनन कार्य चलिरहेको छ। एसआईटी अनुसार, यस कार्यमा पूरा कंकाल नभएर आंशिक मानव अस्थि भेटिएको छ। उत्खनन कार्य अहिले जारी छ। जफत गरिएको अवशेषहरूलाई फोरेन्सिक जाँचको निम्ति प्रयोगशाला पठाउँने तयारी चलिरहेको छ। एसआईटीले अब सातौं र आठौं स्थानमा उत्खनन कार्य गर्ने योजना बनाइरहेको छ।

यहीबीच राज्यभरिका सबै पुलिस थानाहरूबाट 1995–2005 र 2005–2015 को अवधिमा बेपत्ता, हत्या र बलात्कारका दर्ता मामिलाहरूको जानकारी दुई भागमा मागिएको छ। यस सम्बन्धमा एसआईटीले आधिकारिक पत्र जारी गरेको छ।

उल्लेख्य, एक व्यक्तिले पुलिसलाई बताएको थियो कि उसले वर्ष 1998 देखि 2014 बीच धर्मस्थल गाउँको नेत्रावती नदीको किनार स्थित जंगलहरूमा सैकड़ौं महिलाहरू र नानीहरूको शव दफनाएको थियो। उसको दाबी थियो कि मामिला बलात्कार र हत्याको घटनाहरूसित सम्बन्धित छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande