लालू यादव 13औं पल्ट बने राजदको राष्ट्रिय अध्यक्ष
लालू


पटना, 05 जुलाई (हि.स.)। राष्ट्रिय जनता दल (राजद) सुप्रीमो लालू यादव एक पल्ट फेरि पार्टीको राष्ट्रिय अध्यक्षको रूपमा शनिवार निर्वाचित भए। उनको कार्यकाल 2028 सम्मको हुनेछ। लालू यादव 13औं पल्ट राजदको राष्ट्रिय अध्यक्ष बने। उनलाई पार्टीका नेताहरूले प्रमाण पत्र र पुष्प गुच्छ दिएर पार्टीको राष्ट्रिय अध्यक्ष बन्दा बधाई दिए।

राजदको राष्ट्रिय परिषदको महत्वपूर्ण बैठक आज पटनाको बापू सभागारमा चलिरहेको छ। बैठकको अध्यक्षता पार्टीका राष्ट्रिय निर्वाचन पदाधिकारी डा. रामचन्द्र पूर्वेले गरिरहेका छन्। यस अगाड़ी लालू यादव 13औं पल्ट राजद राष्ट्रिय अध्यक्ष बनेको घोषणा गरियो र मंचमा उनलाई प्रमाण पत्र र पुष्प गुच्छ दिएर बधाई दिइयो।

लालू यादवले 23 जूनमा अध्यक्ष पदको निम्ति नामांकन गरेका थिए। उनी विरूद्ध कसैले नामांकन गरेनन्। यसैले निर्विरोध उनी अध्य़क्ष चुनिए, जसको औपचारिक घोषणा गरियो। लालू प्रसादले पार्टीको कमान आफ्नो छोरा तेजस्वी यादवलाई सुम्पिने चर्चा थियो।

यस अवसरमा तेजस्वी यादवले भने, लालू यादवले 12 टर्मसम्म पार्टीको सफल नेतृत्व गरेका छन्। उनको अगुवाईमा पार्टीले सामाजिक न्याय र गरीबहरूको आवाज उठाएको छ। अब 13औं पल्ट अध्यक्ष बन्दा पूरा कार्यकर्ता वर्गको निम्ति गर्वको कुरा हो।

लालू यादवले 1997 मा जनता दलबाट अलग भएर राजदको गठन गरेका थिए र तबदेखि पार्टीको राष्ट्रिय अध्यक्ष बनेका छन्। गत 28 वर्षमा उनले पार्टीलाई धेरै उतार-चढ़ाउबाट निकालेर राष्ट्रिय मंचमा बलियो पारेर खड़ा राखेका छन्। यस बैठकलाई आगामी बिहार विधानसभा चुनाउको तयारीहरूसित पनि जोड़ेर हेरिँदैछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande