एसकेएमले नवनियुक्त पदाधिकारीहरूलाई दिए हार्दिक बधाई
bikash basnet


- मुख्यमन्त्रीले देखाएको सपनालाई साकार पार्न नवनियुक्त पदाधिकारीहरूको उत्तरदायित्व महत्वपूर्ण: एसकेएम

गान्तोक, 07 जुलाई (हि.स.)। सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीले राज्य सरकारअन्तर्गत विभिन्न विभाग, बोर्ड तथा संस्थाहरूमा नव नियुक्त सल्लाहकारहरू, अध्यक्षहरू तथा विशेष कर्तव्य अधिकारीहरू (ओएसडी) लाई हार्दिक बधाई दिएको छ।

एसकेएम प्रवक्ता बिकास बस्नेतले उनीहरूको नियुक्ति पार्टीका लागि मात्र होइन, सम्पूर्ण सिक्किमका जनताका लागि पनि गर्वको विषय रहेको आज प्रेस विज्ञप्तिमा बताएका छन्। उनले नवनियुक्त पदाधिकारीहरू सबैले मुख्यमन्त्री प्रेमसिंह तमाङको मार्गदर्शनमा जिम्मेवारीपूर्वक, इमान्दारिता र सेवाभावका साथ आफ्नो कर्तव्य निर्वाह गर्नेछन् भनी विश्वास व्यक्त गरेका छन्।

उनले पार्टी अध्यक्षले देखाएको सपना 'सुनौलो, समृद्ध अनि समर्थ सिक्किम' लाई साकार पार्न नवनियुक्त पदाधिकारीहरूको सक्रियता, कर्तव्यनिष्ठा र जनताप्रतिको उत्तरदायित्व अत्यन्त महत्वपूर्ण रहनेछ भनेका छन्। उनले 'पद केवल सम्मानको लागि हो, तर कार्य प्रतिबद्धताका लागि हुन्छ' भन्ने पार्टी अध्यक्ष एवं मुख्यमन्त्रीको उदार सोचलाई नवनियुक्त पदाधिकारीहरूले सार्थक पार्नेछन् भनी अपेक्षा पनि गरेका छन्।

उनले नवनियुक्त सम्पूर्ण पदाधिकारीहरूलाई जनस्तरसँग जोडिएर काम गर्न, जनताको आवाज सुन्न, र पार्टीका नीति, कार्यक्रम तथा विचारधारालाई आत्मसात गर्दै अगाडि बढ्ने प्रेरणा पनि दिएका छन्। उनले एसकेएम पार्टी र पार्टी अध्यक्ष प्रेमसिंह तामाङको तर्फबाट सबैलाई सफल र सार्थक कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande