असमको सिलचरमा 2.50 करोड़ रुपियाँको गाँजा जफत, एक जना तस्कर पक्राउ
असमको सिलचरमा 2.50 करोड़ रुपियाँको गाँजा जफत, एक जना तस्कर पक्राउ


कछार (असम), 11 अगस्त (हि.स.)। असममा गुप्त जानकारीको आधारमा कछार जिल्ला मुख्यालय सिलचर पुलिसले 2.50 करोड़ रुपियाँ बराबरको गाँजा जफत गरेको छ। पुलिसले यस मामिलामा एकजना तस्करलाई पनि पक्राउ गरेको छ। आरोपीसित जाँचबुझ गरी अग्रिम कारबाही गरिँदैछ।

सिलचर पुलिसले सोमवार बतायो, गुप्त जानकारीको आधारमा गए आइतवार अबेर साँझ सिलचरको ट्रक रोड क्षेत्रमा मादक पदार्थहरूको अवैध परिवहन विरूद्ध एक विशेष अभियान संचालन गरियो। अभियान अवधि एउटा ट्रक (एएस-11सीडी-6925)-लाई रोकेर जाँच गरियो जसमा गाँजाले भरिएको 61 वटा खैरो रंगका प्लास्टिकका ब्यागहरू भेटियो जसको वजन लगभग 362 किलोग्राम रहेको छ। अन्तर्राष्ट्रिय बजारमा यस मादक पदार्थको मूल्य लगभग 2.5 करोड़ रुपियाँ रहेको बताइएको छ।

पुलिसले यस मामिलामा एक जना व्यक्तिलाई पक्राउ गरेको छ जसको पहिचान सिपाईजोला, पश्चिम त्रिपुरा निवासी प्रदीप कर (47)- को रूपमा भएको छ।

पुलिसले बताए अनुसार गहन जाँच अभियान अवधि पुलिसको टीमले वाहनमा विशेष रूपमा बनाइएको कक्षमा लुकाएर राखिएको मादक पदार्थलाई स्वतन्त्र गवाहरूको उपस्थितिमा जफत गरियो। घटनास्थलमा गरिएको जाँचमा ड्रग डिटेक्शन किटमा मारिजुआना (गाँजा) रहेको पुष्टि भयो। प्रारम्भिक जाँचमा थाहा लागेको छ, यो मादक पदार्थलाई अगरतला, त्रिपुराबाट अवैध रूपमा ल्याइएको थियो। मामिलाको अग्रिम जारी जारी छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande