ज्वालीमा तीन युवक 8.36 ग्राम हेरोइनको साथ पक्राउ
ज्वालीमा तीन युवक 8.36 ग्राम हेरोइनको साथ पक्राउ


धर्मशाला, 11 अगस्त (हि.स.)। पुलिस जिल्ला नूरपुरद्वारा नशा विरूद्ध चलाइएको अभियान अन्तर्गत ज्वाली पुलिसले तीन युवकबाट 8.36 ग्राम हेरोइन जफत गरेको छ। पुलिसले तीनैलाई पक्राउ गरी आगामी कारबाही शुरू गरेको छ। पुलिस थाना ज्वालीलाई 32 मीलमा सोमवार बिहानै पेट्रोलिङमा यो सफलता हात लागेको छ।

पुलिसले यस मामिलामा केतन डडवाल उर्फ कीटू पुत्र रणजीत सिंह निवासी गाउँ र डाकखाना सराह तहसील धर्मशाला, जिल्ला कांगड़ा, साहिल पुत्र नन्द लाल निवासी गाउँ थरोट डाकखाना चढ़ी तहसील शाहपुर जिल्ला कांगडा र मोहित कुमार पुत्र अशोक कुमार निवासी गाउँ थरोट डाकखाना चढ़ी तहसील शाहुपर, जिल्ला कांगड़ालाई पक्राउ गरेको छ।

एसपी नूरपुर अशोक रत्नले बताए, यस मामिलामा उपरोक्त आरोपीहरूलाई पक्राउ गरी उनीहरू विरूद्ध एनडीपीएस एक्ट अन्तर्गत पुलिस थाना ज्वालीमा मामिला दर्ता गरिएको छ। उपरोक्त मामिलामा आरोपीहरूलाई नियमानुसार पक्राउ गरी आगामी कारबाही गरिँदैछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande