नाबालिग छात्रासित छेड़छाड़को आरोपी पक्राउ
नाबालिग छात्रासित छेड़छाड़को आरोपी पक्राउ


कांकेर, 11 अगस्त (हि.स.)। छत्तीसगढ़को कांकेर जिल्लाको थाना कोतवाली अन्तर्गत माकड़ीको एक स्कूली नाबालिग छात्राको साथ उसको घरभित्र पसेर छेड़छाड़ गरियो। घटना प्रकाशमा आएपछि तुरन्तै पुलिस घटनास्थलमा पुग्यो र माकड़ी ढाबामा काम गर्ने कर्मचारी आरोपी भीम सिंग निवासी जम्मू कश्मीरलाई पक्राउ गरेको छ। पुलिसले आरोपी विरूद्ध अपराध पंजीबद्ध गरी कारबाहीपछि आज सोमवार रिमान्डमा पठाएको छ।

पीड़ित छात्राकी आमाले कांकेर थानामा घटनाको जानकारी दिँदै बताइन्, उसकी 12 वर्षीय नाबालिग छोरी घरमा एक्लो थिइ। सोही अवधि माकड़ी ढाबामा काम गर्ने कर्मचारी भीम सिंग निवासी जम्मू कश्मीर उसको घर पुग्यो र घरमा कोही नहुँदा उ घरभित्र पस्यो र छात्रासित छोड़छाड़ गर्नथाल्यो। छात्रा चिच्याउँदा उ त्यहाँबाट भाग्यो। जब नाबालिगकी आमा घर पुगिन् तब उसले घटनाको जानकारी दिइन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande