नवादा, 12 अगस्त (हि.स.)। नवादामा पलिस तथा अपराधीहरूबीच मंगलवार भएको भिड़न्तमा पुलिसकर्मी पनि घाइते भएको छ तथा अपराधीको खुट्टामा गोली लाग्यो। घटनामा धेरै पुलिसकर्मी घाइते भएका छन्। घटना नवादा दिल्लाको हिसुआ थाना क्षेत्रमा भएको हो।
नवादाका एसपी अभिनव धीमानले बताए, यो मामिला 25 जुलाईको दिन हिसुआको दरबार चौक स्थित इलेक्ट्रिक व्यवसायी नीरज प्रकाशको घरमा लूटको प्रयाससित जोड़िएको छ। सीसीटीवी फुटेजको आधारमा अपराधीहरूको पहिचान गरिएको थियो। अपराधीहरूलाई पक्राउ गर्न कारबाही भइरहेको थियो। हिसुआ पुलिस र एसटीएफले अपराधीलाई पक्राउ गऱ्यो।
सोधपुछमा अपराधीले मंझवे पहाड़ नजिक हतियार लुकाएको बताएको थियो। हतियारको तलाशीमा अपराधीले पुलिसमाथि गोलीबारी शुरू गऱ्यो। जवाबी कारबाहीमा पुलिसले गोली चलायो, जुन उसको दाहिने खुट्टामा लाग्यो। घाइते अपराधीलाई पहिले नवादा सदर अस्पताल लगियो। पछि डाक्टरहरूले उसलाई विम्स पावापुरी रेफर गरे। यस मामिलामा कूल 6 अपराधीको पहिचान भएको छ। दुई अपराधी अगावै पक्रा परेका छन् जबकि अहिले 3 फरार छन्। पुलिस फरार अपराधीहरूलाई खोज्नमा जुटेको छ। घाइत पुलिसकर्मीलाई पनि सदर अस्पतालमा भर्ती गराइएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी