बस्ती, 12 अगस्त (हि.स.)। उत्तर प्रदेशको बस्ती जिल्लामा सोमवार अबेर राति पुलिस विभागमा तैनाथ सिपाहीले पत्नीको चक्कु घोपेर हत्या गऱ्यो। गत 02 अगस्तमै सिपारीले मृतकासित प्रेम विवाह गरेको थियो। उसलाई पत्नीको कसैसित अवैध सम्बन्ध रहेको शंका थियो।
यो घटना सदर कोतवाली क्षेत्रको जेल गेट चौकी नजिकको हो। आरोपी सिपाही गामा निषादले आफ्नी पत्नी मायाको हत्यापछि मंगलवार बिहान पुलिस सामू आत्मसमर्पण गऱ्यो। पुलिसले उसलाई पक्राउ गर्दै कारबाही शुरू गरेको छ।
पुलिस अधीक्षक अभिनन्दनले बताए, आरोपी पुलिस विभागमा सिपाहीको पदमा तैनाथ छ, जसले 10 दिन अगाड़ी आफ्नी प्रेमिकासित लव मेरिज गरेको थियो। बिहे भएदेखिनै दुवैबीच दिनहुँ कुनै न कुनै कुरालाई लिएर विवाद भइऱहेको थियो। सिपाहीलाई पत्नीको चरित्रमाथि शंका थियो, जसले गर्दा दुवैबीच तनाउ बढ्दैगयो। 11 अगस्त अबेर राति जेल गेट चौकी नजिक स्थित उसको भाड़ाको घरमा दुवैबीच फेरि तीखो बहस भयो।
सोही अवधि रीसमा सिपाहीले पत्नीमाथि चक्कूले हमला गऱ्यो, जसबाट उसको घटनास्थलमै मृत्यु भयो। हत्यापछि गामाले आफूलाई कमरामा बन्द गऱ्यो र केही बेरपछि सदर कोतवाली पुगेर पुलिसलाई घटनाको जानकारी दियो। सदर कोतवाली पुलिसले तत्काल घटनास्थलमा पुगेर शवलाई कब्जामा लियो र पोस्टमार्टमको निम्ति पठायो। आरोपी सिपाहीसित सोधपुछ भइरहेको छ। पुलिसले हत्यामा प्रयोग गरिएको चक्कु पनि जफत गरेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी