फिरोजाबाद, 12 अगस्त (हि.स.)। उत्तर प्रदेशको जिल्ला फिरोजाबादमा थाना नसीरपुर पुलिसले सोमवार अबेर राति भिड़न्तमा तीन चतुर चोरहरूलाई पक्राउ गरेको छ। भिड़न्तमा एक अभियुक्तको खुट्टामा गोली लाग्यो, जसलाई उपचारको निम्ति अस्पतालमा भर्ती गराएको छ। पक्रा परेका अभियुक्तहरूले पूजास्थलबाट घण्टा चोरेका थिए।
अपर पुलिस अधीक्षक देहात त्रिगुण विशेनले मंगलवार बताए, 26 जुलाई राति बटेश्वर-शिकोहाबाद रोडमा ग्राम छटनपुर निकट पूजनीय स्थल पीपलको रूखबाट दुई पीतलको घण्टा चोरी भएको थियो, जसको ओजन 21 किलो र 31 किलो थियो। यसको सम्बन्धमा मामिला दर्ता गरेपछि पुलिसले चोरहरूलाई खोजिरहेका थियो। नसीरपुरदेखि सिरसागंज रोडमा केही बदमाश चोरीको उद्देश्यले आइऱहेको पुलिसले सूचना पायो। यसपछि पुलिस टीमले चेकिङ अभियान शुरू गऱ्यो।
मोटर साइकल सवार तीन युवक पुलिसलाई देख्नसाथ भाग्न थाले, पुलिसले पनि उनीहरूलाई पछ्याउन थाल्यो। बदमाशहरूले गोलीबारी शुरू गरे। जवाबी कारबाहीमा पुलिसले गोली चलायो, जसमा अभियुक्त सुमितको खुट्टामा गोली लाग्यो। पुलिसले उसलाई समातेपछि उसका अन्य दुई साथी सुरजीत र आकाशलाई पनि पक्राउ गऱ्यो। पुलिसले अभियुक्तहरूदेखि दुई पेस्तोल, जिउँदो कारतूस र 3 खोखा जफत गरेको छ। यी तीनै चोरदेखि चोरीको घण्टा बेचिएपछि प्राप्त छह हजार रूपियाँ जफत भएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी