प्रयागराज, 12 अगस्त (हि.स.)। उत्तर प्रदेशको प्रयागराज जिल्ला स्थित पूरामुफ्ती थाना क्षेत्रमा हरवारा मोहल्लामा मंगलवार एक युवकलाई उसको आफन्तले गोली दागेर भाग्यो। सूचना पाएपछि घटनास्थलमा पुगेको पुलिसले गोली लागेर घाइते युवकलाई उपचारको निम्ति स्वरूपरानी नेहरू चिकित्सालयमा भर्ती गरायो। पुलिसले परिवारको शिकायतमा मामिला दर्ता गरी जाँच शुरू गरेको छ।
अपर पुलिस उपायुक्त नगर अभिजीत कुमारले बताए, कर्नलगंज थाना क्षेत्रको कटरा निवासी पवन (23) लाई मंगलवार उसको मामाको छोरा राजन (निवासी हरवारा थाना पूरामुफ्ती) ले घरबाट बोलाएर लग्यो र उसलाई गोली दागेर भाग्यो। यसको सूचना पाएपछि घटनास्थलमा पुगेको पुलिस टीमले घाइते पवनलाई उपचारको निम्ति तत्काल स्वरूपरानी नेहरू चिकित्सालयमा भर्ती गरायो। पुलिस टीमले यस मामिलाको छानबीन शुरू गरेको छ। पुलिसले एक युवकलाई हिरासतमा लिएऱ सोधपुछ गरिरहेको छ। सोधपुछमा थाहा लागेको छ कि केही दिन अगाड़ी रक्सी खाएपछि पवनसित विवाद भएको थियो। यसैले गर्दा पवनलाई गोली दागियो। अहिले जाँच जारी छ।
हिन्दुस्थान समाचार / भवानी थामी