राज्यसभा सांसद हर्षवर्द्धन श्रृंङ्लाको नेतृत्वमा बाइक ऱ्यालीको साथमा तिरङ्गा यात्रा सम्पन्न
राज्यसभा सांसद हर्षवर्द्धन श्रृंङ्लाको नेतृत्वमा बाइक ऱ्यालीको साथमा तिरङ्गा यात्रा सम्पन्न


सिलगढी, 13 अगस्त (हि.स.)। बाघडोगरादेखि सिलगढीसम्म राज्यसभा सांसद हर्षवर्द्धन श्रृंङ्लाको नेतृत्वमा बाइक ऱ्यालीको साथमा तिरङ्गा यात्रा निकालियो। राज्यसभा सांसद मनोनित भएपछि संसदको मनसून सत्रमा सहभागी बनेपछि उनी भोलि बिहिवार दार्जिलिङ आउने भएका छन् भने आज सिलगढी आइपुगेका छन्।

उनको स्वागतमा भाजपा कार्यकर्ताहरू लगायत हजारौंको संख्यामा मानिसहरुले सहभागिता जनाएका थिए। यस अवसरमा पत्रकारहरुलाई सम्बोधन गर्दै सांसद श्रृङ्लाले राष्ट्रपतिद्वारा राज्यसभा सांसद मनोनित भएको श्रेय दार्जिलिङ पहाड, तराई र डुवर्सका मानिसहरुलाई दिए। उनले यस क्षेत्रका मानिसहरुको सेवा गर्न सदैव तत्पर रहने बताएका छन्।

उनले गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन सिलगढी, तराई र डुवर्सका मानिसहरुलाई ‘हर घर तिरङ्गा’ अभियानसित जोडिने आह्वान् गरे। उनले हर घर तिरङ्गाले हाम्रा वीर सैनिकहरु साथै देशभक्त नागरिकहरुको मनोबल बढाउँदै देशको एकता र अखण्डतालाई झन् बलियो बनाउने बताए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande