रङ्गेली बजारमा 'मुख्यमन्त्री १ माइल दौड' सम्पन्न
रङ्गेली बजारमा 'मुख्यमन्त्री १ माइल दौड' सम्पन्न


पाकिम, 13 अगस्त (हि.स.)। स्वतन्त्रता दिवस समारोह समिति रङ्गेलीको आयोजनामा, खेलकुदको महत्व, स्वस्थ जीवनशैली र युवाहरूमा अनुशासन तथा समर्पणको भावना जागृत गर्ने उद्देश्य लिएर आज बिहान पूर्व सिक्किमको पाकिम जिल्ला अन्तर्गत रङ्गेली बजारमा मुख्यमन्त्री १ माइल दौड सम्पन्न भयो।

मुख्यमन्त्रीको यो पहल ग्रामीण तथा दुर्गम क्षेत्रमा खेलकुदको पहुँच विस्तार गर्ने अनि प्रतिभाशाली युवाको पहिचान गरी उनीहरूको क्षमता विकास गर्ने दिशामा चालिएको महत्वपूर्ण कदम हो। यस दौडमा स्थानीय विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएको जानकारी डीआईओ पाकिमले दिएका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande