नयाँ दिल्ली, 14 अगस्त (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले 'विभाजन विभीषिका स्मृति दिवस' ले हामीलाई स्थायी जिम्मेवारीको सम्झना गराएको बताएका छन्। यो दिवस हाम्रो इतिहासको एक दुःखद अध्याय हो। देशको विभाजनको कारण अनगन्ती मानिसहरूले लामो पीड़ा झेलेका छन्।
प्रधानमन्त्री मोदीले आज 'विभाजन विभीषिका स्मृति दिवस' को अवसरमा आफ्नो आधिकारिक एक्स ह्याण्डलमा लेखेका छन्, भारतले विभाजन विभीषिका स्मृति दिवस मनाउँदछ र हाम्रो इतिहासको त्यस दुःखद अध्यायमा अगन्ती मानिसहरूद्वारा झेल्नुपरेको पीड़ालाई याद गर्दछ। यो उनीहरूको धैर्य, अकल्पनीय क्षतिको सामना गर्ने र फेरिपनि नयाँ शिराबाट शुरूआत गर्ने शक्ति पाउने उनीहरूको क्षमताको सम्मान गर्ने दिन पनि हो।
उनले भने, प्रभावित हुने मानिसहरूले आफ्नो जीवनको पुनर्निर्माण गरे औं उल्लेखनीय उपलब्धीहरू हासिल गरे। यस दिनले हाम्रो देशलाई एक सूत्रमा बाँध्ने सद्भावको बन्धनलाई मजबूत गर्ने हाम्रो स्थायी जिम्मेवारीको पनि सम्झना गराउँदछ।
हिन्दुस्थान समाचार / भवानी थामी