रायपुर, 3 अगस्त (हि.स.)। पूर्व मुख्यमन्त्री भूपेश बघेलले पक्राउदेखि बच्नको लागि सर्वोच्च न्यायालयमा याचिका दर्ता गरेका छन्। मदिरा, कोइला तथा महादेव सट्टा एप घोटालामा नाम मुछिएपछि पूर्व मुख्यमन्त्रीले सर्वोच्च न्यायालयमा अग्रिम जमानतको निम्ति याचिका दर्ता गरेका छन् जसको सुनवाई सोमवार हुनेछ।
पूर्व मुख्यमन्त्रीको कार्यालय सूत्रले बताएको छ, याचिकामा माग गरिएको छ कि उनलाई यी मामिलाहरूमा कुनै पनि प्रकारको पक्राउ नगरियोस् तथा जाँचमा सहयोग गर्ने अवसर दिइयोस्। भूपेश बघेलले याचिकामा यो पनि उल्लेख गरेका छन्, जसरी उनका छोरा चैतन्य बघेललाई राजनीतिक द्वेषले गर्दा पक्राउ गरियो त्यसरी नै उनलाई पनि लक्ष्य बनाउन सक्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा