भोपाल, 3 अगस्त (हि.स.)। मुख्यमन्त्री डा. मोहन यादवले 71औं नेशनल फिल्म अवार्ड्समा 'कटहल' फिल्मलाई सर्वश्रेष्ठ हिन्दी फिल्मको पुरस्कार प्राप्त भएकोमा सम्पूर्ण टीमलाई बधाई दिएका छन्। उनले भने, सतना जिल्लाका अशोक मिश्राद्वारा लिखित एवं उनका पुत्र यशोवर्धन मिश्राद्वारा निर्देशित फिल्म कटहल-लाई वर्ष 2023- को सर्वश्रेष्ठ हिन्दी फिल्मको लागि राष्ट्रिय फिल्म पुरस्कार प्राप्त हुनु सबै प्रदेशवासीहरूको लागि हर्ष एवं गौरवको विषय हो।
मुख्यमन्त्री डा. यादवले शनिवार अबेर राती सोशल मीडियामा यस उपलब्धिको लागि फिल्म कटहलको सम्पूर्ण टीमलाई बधाई अनि शुभकामना दिएका छन्। उनले कामना गरेका छन्, आफ्नो लेखनी र निर्देशनबाट तपाई दुवैले समाज जागरणको नित नयाँ प्रयास गरिरहनुहोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा