शुभेन्दुको तय कार्यक्रमको दिन तृणमूलले ऱ्याली गर्ने, राजनीतिक घमासान शुरू
शुभेन्दुको तय कार्यक्रमको दिन तृणमूलले ऱ्याली गर्ने, राजनीतिक घमासान शुरू


कोलकाता, 03 अगस्त (हि. स.)। कुचबिहारमा आगामी अगस्त महिनामा राजनीतिक घमासान बढ़्ने सम्भावना देखिँदैछ। पश्चिम बंगालको सत्तारूढ़ तृममूल कंग्रेस पार्टीले घोषणा गरेको छ, पार्टीले कुचबिहार शहरमा एकसाथ 19 वटा स्थानहरूमा कार्यक्रम आयोजना गरिरहेको छ। यी सबै कार्यक्रम राज्य विधानसभामा नेता प्रतिपक्ष शुभेन्दु अधिकारीहरूको पहिलाबाटै तय ऱ्यालीको समय अनि दिन नै आयोजना गरिनेछ।

तृणमूलका जिल्ला नेतृत्वद्वारा घोषित यी कार्यक्रमहरूलाई अधिकारीको ऱ्यालीलाई चारैतिरबाट घेर्ने झड़हिसाबमा समायोजितगरिएकोछ। यसबाट शहरमा तनाउ तथा झड़प हुने आशंकालाई अस्वीकार गर्न सकिँदैन।

शुभेन्दु अधिकारीले पहिला नै घोषणा गरेका थिए, उनले आगामी 5 अगस्तमा आफ्ना 65 जना विधायकहरूलाई लिएर कुचबिहारमा मार्च गर्नेछन् अनि जिल्लाको पुलिस अधीक्षक कार्यालयमा पुगेर ज्ञापन सुम्पिनेछन्। यो मार्च हालैमा जिल्लामा भाजपा प्रतिनिधिहरूमाथि भएको कथित हमलाको विरोधमा आयोजना गरिँदैछ।

तृणमूलको यो कदम जुलाई 21 -मा सिलगढ़ीमा आयोजित शुभेन्दु अधिकारीको ऱ्यालीको जवाफमा उठाइएको हो। त्यस दिन कोलकातामा तृणमूलको वार्षिक 'शहीद दिवस' ऱ्याली थियो तथा अधिकारीहरूले सोही दिन शहरमा महिला अपराधको मुद्दामा ऱ्याली गरेका थिए।तृणमूलले त्यसबेला आरोप लगाएको थियो, भाजपाले सुनियोजित ढंगमा एकसाथ कार्यक्रम राखेर मीडिया अनि ज नताको ध्यान आकर्षण गर्ने चेष्टा गरेको छ।

मुख्यमन्त्री ममता ब्यनर्जीले त्यसबेला ऱ्यालीमा स्पष्ट संकेत दिएकी थिइन्, भविष्यमा तृणमूल कंग्रेसले पनि भाजपाको कार्यक्रमको जवाफमा समानन्तर आयोजन गर्नेछ। अब पार्टीको कुचबिहार जिल्ला नेतृत्वले ममताको त्यस चेताउनीलाई मूर्त रूप दिरहेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande