नयॉं दिल्ली, 03 अगस्त (हि.स.)। तमिल फिल्मका लोकप्रिय हास्य कलाकार माधवन बबको 71 वर्षको उमेरमा शनिवार अबेर सॉंझ चन्नईको अड्यारस्थित आवासमा निधन भएको छ। उनी स्वास्थ्य सम्बन्धी समस्याहरूले ग्रस्त थिए।
माधवन बबले कमल हसन, रजनीकान्त, अजित, सूर्या र विजय जस्ता सुपरस्टारहरूसॅंग काम गरेका थिए र उनी आफ्नो कमिक टाइमिङको लागि प्रसिद्ध थिए। उनले लगभग 600 फिल्ममा काम गरे। तमिल फिल्मका साथै उनले धेरै हिन्दी, तेलुगु र मलयालम फिल्महरूमा पनि काम गरे। उनी सन टीवीको लोकप्रिय कमेडी शो असाथा पोवथु यारु मा जजको भूमिकामा देखिएका थिए। उनको निधनमा कलाकारहरू र प्रशंसकहरूले सोशल मिडियामा उनलाई श्रद्धाञ्जली दिइरहेका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी