यूपी: गोंडामा अनियन्त्रित कार नहरमा झऱ्यो, 11 जनाको मृत्यु
यूपी: गोंडामा अनियन्त्रित कार नहरमा झऱ्यो, 11 जनाको मृत्यु


गोंडा, 03 अगस्त हि.स.। उत्तर प्रदेशमा गोंडा जिल्लामा आइतवार सडक दुर्घटनामा 11 जनाको मृत्यु भएको छ। 15 जना एउटा बोलेरो कारमा पृथ्वीनाथ मन्दिर गइरहेका थिए। मुख्यमन्त्री योगी आदित्यनाथले मृतकका परिवारहरूलाई पॉंच-पॉंच लाख रूपियॉं आर्थिक सहायता दिने घोषणा गरेका छन्।

पुलिस अधीक्षकले भने, इटियाथोक थाना क्षेत्रमा स्थानीय एउटा नहरमा अनियन्त्रित भएर बोलेरो पल्टियो। दुर्घटनामा चार जना सुरक्षित छन्, जस मध्ये एक जना नानी र चालक सामेल छन्। 11 जनाको मृत्यु भएको छ। शव नहरबाट बाहिर निकालिएको छ।

मुख्यमन्त्री योगी आदित्यनाथले दुर्घटनाप्रति शोक समवेदना व्यक्त गरेका छन्। उनले तत्काल अधिकारीहरूलाई घटनास्थल पुगेर राहत एवं बचाउ कार्य गर्ने निर्देश दिए। सूचना पाउनसाथ जिल्ला अधिकारी र पुलिस अधिकारीहरू पनि घटनास्थल पुगेका थिए। मुख्यमन्त्रीले मृतकका परिवारहरूलाई पॉंच-पॉंच लाख रूपियॉं आर्थिक सहायता दिने घोषणा गरेका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande