कोलकाता, 30 अगस्त (हि.स.)। तृणमूल कंग्रेस विधायक जीवनकृष्ण साहाले प्रवर्तन निदेशालय (ईडी)-को कारबाहीबीच ठूलो बयान दिएका छन्। शनिवार ब्यांकशाला अदालतमा पेशीपूर्व उनले दाबी गरे, उनले आफ्नो मोबाइल फोन फालेका थिएनन्, हातबाट आफै झरेको थियो।
मुर्शिदाबाद जिल्लाको बड़त्राबाट विधायक जीवनकृष्ण साहालाई ईडीले शिक्षक भर्ती घोटालासित सम्बन्धित मामिलामा पक्राउ गरेको छ। ईडीले उनलाई सीजीओ कम्प्लेक्सदेखि अदालततर्फ लगिरहेको समय मीडियासित बातचित गर्दै उनले भने, मोबाइल फालेको होइन हातबाट झरेको थियो। न त मैले भाग्ने चेष्टा गरेँ न प्रमाण मेटाउने।
स्मरण गराइन्छ, ईडीले उनीमाथि प्रमाण मेटाएको आरोप लगाएको छ। जाँच एजेन्सीको दाबी छ, साहाले आफ्नो मोबाइल फोनलाई लुकाउने र नष्ट गर्ने प्रयास गरेका थिए। तथापि विधायकले अदालतमा पेश हुनअघि यस आरोपलाई खारेज गरिदिए। शनिवार ब्यांकशाला अदालतमा उनको पेशी अवधि उनको हिरासतको समयलाई बढ़ाउने माग गर्न सक्छ। अर्कोतिर साहाको पक्षबाट जमानत याचिका दर्ता गरिने सम्भावना छ। यस मामिलालाई लिएर राजनीतिक जगतमा खैलाबैला शुरू भएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा