देहरादून, 31 अगस्त (हि.स.)। चमोलीको सीमान्त क्षेत्रलाई जोड्ने ज्योतिर्मठ-मलारी मार्गमा तमक नालामाथि बनेको पुल बग्दा मार्ग पूर्ण रूपमा अरूद्ध भएको छ। सीमा सड़क संगठन मार्गमा आवाजाही शुरू गर्नमा जुटेको छ। चारधामको मार्ग अहिले बन्द छ। मौसम विभागले प्रदेशका आठ जिल्लामा वर्षाको अरेन्ज अलर्ट जारी गरेको छ।
राज्यमा लगातार मूसलधारे पानी परेकोले आमजन जीवनमाथि भारी असर परेको छ। यस अवधि चमोली, रुद्रप्रयाग, बागेश्वर जिल्लामा आपदा प्रभावित स्थानहरूमा तलाशी एवं बचाउ कार्य जारी छ। रोकिन्दै पानी परेकोले खोज एवं बचाउ कार्यमा बाधा पुगिरहेको छ। राज्य आपदा प्रबन्धन प्राधिकरणको निर्देशमा स्थानीय प्रशासन राहत, खोज एवं बचाउ कार्यमा जुटेको छ।
चमोली जिल्लामा अबेर रातिदेखि लगातार पानी परिरहेको छ। वर्षाको कारण जोशीमठ नीति घाटीलाई जोड्ने सड़क तमक नाला नजिक पुल बग्दा बाटो पूर्ण रूपमा अवरूद्ध भएको छ। सामरिक दृष्टिकोणले यो सड़क अत्यन्तै महत्वपूर्ण छ, सीमा पारी जाने जवानहरूलाई महत्वपूर्ण वस्तुहरू यही सड़क मार्ग मार्फत पुऱ्याइन्छ भने क्षेत्रमा बस्ने छहभन्दा अधिक गाउँहरूको सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ। स्थानीय मानिसहरूको भनाई छ, गत एक महिनादेखि लगातार अलग-अलग ठाउँहरूमा सड़क भक्तिन्दा मानिसहरूलाई बारम्बार समस्याहरूको सामना गर्नुपरिरहेको छ। यद्यपि, प्रशासनको भनाई छ, सड़कहरूलाई सुचार गर्नका लागि पनि बीआरओलाई आवश्यक निर्देश दिइएको छ।
अर्कोतिर, उत्तरकाशी गंगोत्री राष्ट्रिय राजमार्ग स्थान धरासू, नेताला, चड़ेथी भटवाड़ीमा माटो र बोल्डर झर्दा अवरूद्ध भएको छ। बीआरओ मार्ग सुचारू गर्नमा जुटेको छ। यस बाहेक हर्षिल औ धरालीबीच मार्ग हल्का वाहनहरूका लागि सुचारु छ। यमुनोत्री राष्ट्रिय राजमार्ग सिलाई बैण्ड नजिक, झर्जर गाड जंगलचट्टी, बनास एवं नारदचट्टीमा मार्ग अवरूद्ध छ। कुमाऊं मण्डलमा शेर नाला र सूर्या नालामा पानीको प्रवाह अधिक हुँदा हल्द्वानी - चोरगलिया सितारगंज राज्य मार्ग बाधित छ।
सात जिल्लामा घनाभन्दा घना वर्षाको चेताउनी
मौसम विज्ञान केन्द्र देहरादूनले आज देहरादून, उत्तरकाशी, रुद्रप्रयाग, चमोली, बागेश्वर, पिथौरागढ़, चम्पावत र ऊधमसिंहनगरमा वर्षाको अरेन्ज अलर्ट जारी गरेको छ। अलकनन्दा, गंगा, यमुना, सरयू, गोमती, पिन्डर, काली नदीका तटहरूमा बस्ने मानिसहरूलाई चेताउनी जारी गरिएको छ। पुलिसले लगातार लाउडस्पीकरले मानिसहरूलाई सतर्क गरिरहेको छ। राज्य आपदा प्रबन्धन प्राधिकरणले जिल्लाहरूलाई अलर्ट मोडमा रहने निर्देश दिएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी