राजग संसदीय दलको बैठकमा अपरेशन सिन्दूर र अपरेशन महादेवमा प्रस्ताव पारित
राजग


नयाँ दिल्ली, 05 अगस्त (हि.स.)। अपरेशन सिन्दूरपछि मंगलवार पहिलो पल्ट राष्ट्रिय जनतान्त्रिक गठबन्धन (राजग) को संसदीय दलको बैठक बस्यो। संसद भवन परिसरको जीएमसी बालयोगी सभागारमा भएको बैठकको अध्यक्षता प्रधानमन्त्री नरेन्द्र मोदीले गरे। रक्षामन्त्री राजनाथ सिंहको नेतृत्वमा राजगका सांसदहरूले अपरेशन सिन्दूर र अपरेशन महादेवको सफलताको निम्ति माला पहनाएर प्रधानमन्त्रीको सम्मान गरे। यस अवधि सांसदहरूले जय श्रीराम र हर-हर महादेवको नारा लगाए।

संसदीय कार्य मन्त्री किरेण रिजिजूले संसद भवन परिसरमा पत्रकारहरूलाई बताए, अपरेशन सिन्दूरपछि पहिलो पल्ट राजग संसदीय दलको बैठक बस्यो, जसमा प्रधानमन्त्रीले सबैको मार्गदर्शन गरे। अपरेशन सिन्दूर र अपरेशन महादेवको सफलतालाई लिएर एक प्रस्ताव पास गरियो। पहलगाम हमलामा सबै मृतकहरूलाई श्रद्धाञ्जलि दिइयो, सेनाको शौर्यको सराहना गरियो। प्रधानमन्त्रीले सबै सांसदहरूसित हर घर तिरंगा र तिरंगा यात्रामा भाग लिने आह्वान पनि गरे। यो बैठक संसदको मनसून सत्रमा राजगको पहिलो बैठक हो।

प्रधानमन्त्रीले बैठकलाई सम्बोधित गरे 05 अगस्तमा सरकारले के-के उपलब्धी हासिल गरेको बताए। गृहमन्त्री अमित शाह, रक्षा मन्त्री राजनाथ सिंह, भाजपा अध्यक्ष जेपी नड्डा, केन्द्रिय मृंन्त्री प्रह्लाद जोशी समेत लोकसभा र राज्यसभा दुवै सदनका राजगका सांसदहरू यस बैठकमा सामेल भए। प्रधानमन्त्रीले बैठकमा नयाँ सांसदहरूलाई पनि भेटे।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande