बेपत्ता 9 वर्षीय बालिकाको शव भेटियो, आरोपी मजदूर पक्राउ
बेपत्ता 9 वर्षीय बालिकाको शव भेटियो, आरोपी मजदूर पक्राउ


धर्मशाला, 10 सेप्टेम्बर (हि.स.)। कांगड़ा जिल्लाको देहरामा निर्माणाधीन केन्द्रिय विश्वविद्यालको क्याम्पसबाट बेपत्ता प्रवासी बालिकाको शव जंगलमा भेटिएको छ। 9 वर्षीय यी बालिका एक हप्ता अगाड़ी देहराको सीयू क्याम्पसबाट बेपत्ता भएकी थिइ। पुलिसले यस मामिलामा बिहारको 31 वर्षीय मजदूर लक्ष्मीलाई पक्राउ घरेको छ। घटना 04 सेप्टेम्बरको हो, जब बिहारबाट आएको एक प्रवासी मजदूरले आफ्नी छोरी हराएको शिकायत देहरा पुलिस थानामा दर्ता गरायो। बालिका निर्माणाधीन सीयू देहरा क्याम्पसबाट बेपत्ता भएकी थिइ।

एसपी मयंक चौधरीको नेतृत्वमा 8 पुलिस टीमले जाँच शुरू गऱ्यो। टीमहरूले एसडीआरएफ, डग स्क्वायड, ड्रोन क्यामरा र सीसीटीवी फुटेजको मद्दतले छानबीन गऱ्यो। मजदूरहरूको अटेन्डेन्स रजिस्टरको जाँचमा पुलिसलाई लक्ष्मी नामोक मजदूर माथि शंका भयो।

अर्कोतिर, पुलिस सोधपुछमा लक्ष्मीले आफ्नो अपराध स्वीकार गऱ्यो। उसले बतायो, आपसी विवादको कारण रीसमा आएर उसले नानीको गला दबायो र शवलाई एचआरटीसी वर्कशप निकट जंगलमा फ्याँक्यो। बालिकाको शवलाई सिविल अस्पताल देहरामा पोस्टमार्टमको निम्ति पठाइएको छ। परिजनहरूले मृतक नानीको पहिचान गरेका छन्। यस घटनाले पूरा क्षेत्रमा भय र आक्रोशमा माहोल छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande